काठमाडौँ- नबिल बैंकले कम्बोडियाको सिम रीपमाआयोजित टक्स एसिया २०२३ मा त्ग‘एम्बिशन्स एण्ड डेभलपमेन्ट फर कन्सिस्टेन्ट ग्रोथ एण्ड इन्ट्रोडक्सन अफ न्यू सर्भिसेस्’ अवार्ड प्राप्त गरेको छ ।
कम्पास प्लस टेक्नोलोजीले नबिल बैंकलाई बैँकिङ क्षेत्रमा नवीनतम प्रविधिको प्रयोग तथा निरन्तर अपग्रेडका लागि पुरस्कृत गरेको हो ।
कार्यक्रममा कम्पास प्लस टेक्नोलोजीका सर्जी पुतेनिखिनले नबिल बैंकका प्रमुखअपरेटिङ अफिसर गणेशप्रसाद अवस्थीलाई उक्त अवार्ड प्रदान गरेका थिए ।
कार्यक्रममा बंगलादेश, कम्बोडिया, मलेसिया, भारत लगायत विभिन्न देशकाअन्तर्राष्ट्रिय प्रतिनिधिहरूले सहभागिता जनाएका थिए । ‘हामीले नेपालमा ल्याएको विभिन्न नवीनतम डिजिटल बैंकिङ सेवाहरूका लागि यो प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड पाउनु हाम्रो लागिगौरवको कुरा हो,’ नबिल बैैंकका प्रमुखकार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले बताए ।
यस अवार्डले बैंकलाई हौसला मिलेको बताउँदै उनले भने, ‘हामीले नेपालमाअन्तर्राष्ट्रिय डिजिटल बैंकिङ सेवाहरूल्याएका छौं । यो सम्मानले पक्कै पनि हामीलाई डिजिटल बैंकिङमा ग्राहकहरूको अनुभवलाई सहज बनाउन थप काम गर्न प्रोत्साहित गरेको छ ।’
निजी क्षेत्रको पहिलो बैंक नबिल बैंकले नेपालमा पहिलो पटक कम्प्युटराइज्ड बैंकिङ प्रणाली ल्याएको थियो । नबिलले आफ्नो ३९ वर्षको यात्रामा बैंकिङ क्षेत्रमा नवीन तथा नयाँ प्रविधिहरू निरन्तर रुपमा भित्र्याउँदै आएको छ ।
नबिलले एनएफसी डुअल इन्टरफेस कन्ट्याक्टलेस कार्डहरू,देशमा ई–कमर्स कारोबार सहज बनाउन पहिलो पेमेन्ट गेटवे लागू गर्ने र पहिलो पटक क्यास रिसायक्लर मेसिन बजारमा ल्याएको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।