आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

भारत सरकारको अनुदान सहयोगमा निर्माण गरिएको श्री विष्णुदेवी माध्यमिक विद्यालयको भवनको उद्घाटन

भारत सरकारको अनुदान सहयोगमा निर्माण गरिएको श्री विष्णुदेवी माध्यमिक विद्यालयको भवनको उद्घाटन

  • मिडिया डबली
  • बुधवार, श्रावण ३१ २०८०

  • 1.5K
    SHARES

  • भारत सरकारको अनुदान सहयोगमा निर्माण गरिएको  श्री विष्णुदेवी माध्यमिक विद्यालयको भवनको उद्घाटन

    काठमाडौँ- शैक्षिक क्षेत्र पुनर्निर्माणमा भारत सरकारको अनुदान सहयोगमा निर्माण गरिएको काठमाडौंको चन्द्रागिरिस्थित श्री विष्णुदेवी माध्यमिक विद्यालयको विद्यालय भवनको उद्घाटन गरिएको छ ।

    भारतको ७७ औं स्वतन्त्रता दिवसको अवसरमा विद्यालयको नवनिर्मित भवनको आज भारतीय राजदूतावासका प्रथम सचिव करुण वंशल, चन्द्रागिरि नगरपालिकाका वडाध्यक्ष घनश्याम लुईटेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्र बहादुर सुवेदी र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन इकाईका आयोजना निर्देशक डिल्लीराम लुईटेलले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

    कार्यक्रममा चन्द्रागिरि नगरपालिका, नेपाल सरकारका विभिन्न मन्त्रालय तथा विभाग र केन्द्रीय भवन अनुसन्धान संस्थानका प्रतिनिधि लगायत अन्यको उपस्थिति रहेको थियो ।

    नेपाल सरकारको भूकम्प उत्थानशील पुनर्निर्माण मापदण्ड अनुरुप करिब रु ६.९ करोड लागतमा यस विद्यालय भवनको निर्माण गरिएको हो ।

    यस नवनिर्मित संरचनामा दुइवटा ब्लक रहेका छन् जसमा १३ वटा कक्षाकोठा, प्रशासनिक कक्ष, पुस्तकालय, बहुउद्देश्यीय हल, प्रयोगशाला आदि रहेका छन् ।

    यो बालमैत्री, लैङ्गिकमैत्री र अपाङ्गमैत्री भूकम्प प्रतिरोधी संरचनाले ५०० जना भन्दा बढी विद्यार्थीलाई लाभान्वित तुल्याउनुका साथै प्रभावकारी सिकाइ वातावरण प्रदान गर्ने विश्वास लिइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, जेठ २३ २०८०१२:२८:०१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend