सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images
राजनीतिक बिशेष

सोझासिधा नेपाली ठग्दै चिनियाँ नागरिक, पर्यटक भिसामा बसेर आपराधिक गतिविधि

सोझासिधा नेपाली ठग्दै चिनियाँ नागरिक, पर्यटक भिसामा बसेर आपराधिक गतिविधि

  • मिडिया डबली
  • मंगलवार, श्रावण ३० २०८०

  • 2.7K
    SHARES

  • सोझासिधा नेपाली ठग्दै चिनियाँ नागरिक, पर्यटक भिसामा बसेर आपराधिक गतिविधि

    काठमाडौं - विगत एक डेढ दशकदेखि पर्यटक भिसा र व्यापार भिसामा नेपाल आउने धेरैजसो चिनियाँ नागरिकले सोझासिधा नेपालीलाई ठग्दै आपराधिक क्रियाकलापमा संलग्न हुने गरेको पाइएको छ ।

    जसले गर्दा दुई देशबीचको सम्बन्धमै खलल पर्ने चिन्ता व्यक्त गर्न थालिएको छ । सुन तस्करीमा संलग्न चिनियाँ आपराधिक गिरोहको कृत्यले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा प्रणालीमाथि गम्भीर प्रश्न खडा गरेको छ।

    नेपालमा चिनियाँ नागरिक सुन तस्करीको घटनामा संलग्न पाइएको यो पहिलो घटना होइन। यस्ता कैयौं घटना भइसकेका छन् । सुन तस्करी, कल बाइपास, मानव तस्करी, अनलाइन ठगीदेखि विदेशी मुद्राको अवैध कारोबारलगायतका अपराधमा चिनियाँ नागरिकको संगठित सञ्जाल नेपालमा बढ्दै गएको छ।

    जसले गर्दा देशको अर्थतन्त्र मात्रै होइन, राष्ट्रिय सुरक्षामासमेत चुनौती थपिएको छ। नेपालमा चिनियाँको आपराधिक सञ्जाल विस्तार हुनुमा निःशुल्क भिसा पनि जिम्मेवार छ। चिनियाँ नागरिक नेपाल आएपछि कहाँ जान्छन्, के गर्छन् ? केही मतलब गर्दैनौ । जहाँ निगरानी कमजोर हुन्छ अपराध गर्न सहज हुन्छ। त्यो ठाउँलाई अपराधीले अखडा बनाउनु स्वाभाविकै हो।

    नेपालकोअन्तर्राष्ट्रिय विमानस्थलले अपराधीको गतिविधिमाथि रोक लगाउन सकेको छैन। राज्य प्रणालीको कमजोरीले पनि चिनियाँको नेपालमा घुसपैठ बढेको छ। चिनियाँ गल्ती गर्नै सक्दैनन् भन्ने मानसिकताबाट नेपालका केही राजनीतिक दल र बुद्धिजीवी ग्रसित छन्।

    खास गरेर नेपालका कम्युनिस्ट पार्टीका लाचारीका कारण यस्ता घटना भइरहेको बुद्धिजीवीहरूको भनाइ छ । नेपालमा फैलिँदै गएको चिनियाँको अपराध सञ्जालमाथि रोक लाग्नु आवश्यक भइसकेको छ। नत्र यसले देशको इज्जतमाथि नै गम्भीर आघात पुग्ने देखिएको छ ।

    गत साउन १६ मा एक लाख चिनियाँ युआनसहित चिनियाँ नागरिक होङ होङ एयर चाइनाको विमानबाट चीन जाने क्रममा विमानस्थलबाट पक्राउ परेका थिए। बरामद रकमको स्रोत उल्लेख खुलाउन नसकेपछि उनलाई प्रहरीले आपराधिक गतिविधिको रकम नै भएको ठहर गरेका थिए।

    त्यसैगरी असार २७ मा चिनियाँ नागरिक लियाङजुङ पक्राउ परे। उनले नेपाली युवालाई थाइल्याण्डमा रोजगारीको प्रलोभनमा म्यानमार लगेर बन्धक बनाएका थिए। सयौं नेपाली युवालाई चिनियाँ गिरोहले म्यानमारमा बन्धक बनाएर अनलाइन ठगीका काममा लगाउदै आएका छन्। यो अपराधमा सामेल दुईजना पक्राउ पनि परेका छन्।

    त्यसैगरी जाओ झिङ पिङ नाम गरेका एकजना चिनियाँ नेपालमा कल तथा एसएमएस वाइपासको धन्दा चलाउँदै आएका थिए। उनलाई सहयोग गर्ने चिनियाँ नागरिक लि जेन र यु लान गिरफ्तारी पश्चात रिहा भए पनि मुख्य अभियुक्त हिरासतमै छन्। विदेशी मुद्रा तथा हुण्डीको कारोवारमा सामेल फेङ चाङ वेन मलेसिया जान लाग्दा विमानस्थलबाट पक्राउ परे।

    अनलाइन व्यापारमा धेरै पैसा कमाउन सकिने लोभ देखाएर उनीहरुले धेरै नेपालीलाई ठगेका थिए। याङ लि मिङलाई गत फागुनमा बाल यौन दुर्व्यवहारमा पक्राउ गरिएको थियो। विद्युतीय चुरोटभित्र सुन लुकाएर तस्करी गरेको घटनाको छानविन प्रहरीले गरिरहेको छ। २०७९ को वैशाखमा अध्यागमन विभागले २२ जना चिनियाँलाई पक्राउ गरेको थियो।

    अवैध कल सेन्टरबाट आपराधिक सञ्जाल चलाएको सूचनाको आधारमा तिनलाई पक्राउ गरिएको थियो तर राजनितिक दवाबमा छाडियो। गत वर्ष जेठमा चार चिनियाँ नागरिक ती करोड ७९ लाख रुपैयाँसहित काठमाडौंमा पक्राउ परेका थिए। सुन तस्करीवापतकै त्यो रकम भएको अनुमान छ।

    २०७८ को असारमा बाघको छालासहित ठमेलबाट पक्राउ परेको चिनियाँ समूहले अवैध जुवादेखि डलर तस्करी समेतका काम गर्दै आएका थिए। विगतमा एटिएम ह्याकिङमा पनि चिनियाँ नागरिक पक्राउ परेका थिए। त्यस्तै अवैध डलर लैजान खोज्दा पनि पक्राउ परेका थिए। वन्यजन्तु सम्बन्धी अपराधमा पनि विगतमा धेरै चिनियाँ पक्राउ परिसकेका छन्।

    उनीहरुले बिजनेस भिसा लिएको र व्यापारको आवरणमा अपराधिक सञ्जाल चलाउदै आएको देखिन्छ। गत साउन ३ गते तस्करीको करिब एक क्विन्टल सुन बरामद भए पनि राजस्व अनुसन्धान विभागले राजधानीका अति महत्वपूर्ण एवं संवेदनशील ठाउँमा चिनियाँ गिरोहको अखडा फेला पार्नुलाई सामान्य घटना मान्न सकिँदैन।

    पक्राउ परेकामध्ये गिरोहको उच्च तहमा आवद्ध दावाछिरिङ ठमेलमा भियना होटल चलाउँथे भने कपुरधारामा बङ्ला भाडामा लिएर बस्दै आएका थिए।

    सामान्य होटल चलाउने उनको जीवनशैली अर्बपति व्यापारीको जस्तो थियो। त्यस्तै तस्करी गिरोहमै संलग्न थुप्तेन छिरिङ पानी पोखरीस्थित कम्फर्ट हाउजिङको अपार्टमेन्टमा ६० हजार भाडा तिरेर बस्दै आएको अनुसन्धान अधिकारीको दाबी छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, जेठ २४ २०८१०६:१३:३६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend