काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै ५ किलो सुनसहित एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।
शनिवार बिहान दुबईबाट हिमालय एअरलाइन्सको जहाजमा काठमाडौं आएका चिनियाँ नागरिकबाट उक्त अवैध सुन बरामद भएको हो ।
झ्याङ ली नामक चिनियाँ नागरिकबाट सुन बरामद भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय प्रमुख महेश भट्टराईले जानकारी दिएका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।