आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक बिशेष

बालकृष्णलाई जेल हाल्ने, महरालाई जोगाउने नारायणकाजीले लुकाएको यस्तो छ गोप्य दस्तावेज (प्रतिवेदनसहित)

बालकृष्णलाई जेल हाल्ने, महरालाई जोगाउने नारायणकाजीले लुकाएको यस्तो छ गोप्य दस्तावेज (प्रतिवेदनसहित)

  • मिडिया डबली
  • बुधवार, श्रावण १७ २०८०

  • 17.2K
    SHARES

  • बालकृष्णलाई जेल हाल्ने, महरालाई जोगाउने नारायणकाजीले लुकाएको यस्तो छ गोप्य दस्तावेज (प्रतिवेदनसहित)

    काठमाडौं - गृहमन्त्री नारायणकाजी श्रेष्ठ सत्ता साझेदार नेपाली कांग्रेसका नेता बदनाम गर्ने अभियानमा अघि बढेका छन् ।

    शरणार्थी प्रकरणमा बिचौलियाले नाम पोलेकै आधारमा कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाँणलाई जेल हाल्ने गृहमन्त्री नारायणकाजी श्रेष्ठ सुन तस्करी प्रकरणमा सिआईबीले नै बकाइदा प्रतिवेदनमा नाम उल्लेख गरेका माओवादी उपाध्यक्ष कृष्णबहादुर महरालाई जोगाउन लागिपरेका छन् ।

    भ्रष्टाचारी जुनसुकै पार्टीका भए पनि कसैलाई नछोड्ने बताउँदै आएका श्रेष्ठ अहिले आफ्नै पार्टीका नेतालाई उम्काएर अरुलाई दोषी देखाउँदै जेल हाल्ने अभियानमा केन्द्रित भएका छन् ।

    नक्कली शरणार्थी प्रकरणमा बिचौलियाले नाम पोलेकै आधारमा पूर्वगृहमन्त्री खाँण अहिले जेलमा छन् । तर भन्सारवाट चोरी भएको नौ किलो सुनमा मुछिएका माओवादी नेता कृष्णबहादुर महरा र उनका छोरा राहुल महरालाई गृहमन्त्री श्रेष्ठले उन्मुक्ति दिएका छन् ।

    सिआईबीले इलेक्ट्रिक सिगरेट (भेप) मा सुन ल्याएर तस्करी गरेको, भन्सारबाट चोरी गरेर माओवादी नेता महराको बाबुछोराले सुन निकालेको किटानी गर्दा पनि गृहमन्त्री श्रेष्ठले छानबिनमा तानेका छैनन् ।

    आठ करोड ५५ लाखको सुन तस्करी तथा बेचबिखनमा महरा बाबुछोरा संलग्न भएको भनेर प्रहरीको विशेष अनुसन्धान ब्युरो (सीआईबी) को प्रतिवेदनमा किटान हुँदा पनि उनीहरूमाथि मुद्दा दर्ता त भएको छैन नै, उनीहरूलाई योजनाबद्ध रूपमा उन्मुक्ति दिन खोजिएको छ ।

    mahara111`.jpg

    चिनियाँ नागरिक लीसँग व्यक्तिगत रूपमा सम्बन्धमा रहेका महरा बाबुछोराले उनलाई सहयोग पु¥याउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारका अधिकारीलाई तारन्तार फोन गरेको तथ्य स्थापित भइसकेको छ ।

    सुन ल्याउने मात्र होइन, भन्सारमा रोकिएपछि त्यहींबाट मिलिभगतमा बेच्ने सञ्जालमा महरा बाबुछोरा भएको किटान प्रहरी प्रतिवेदनमा छ । चिनियाँ नागरिक लीपछि दोस्रो व्यक्ति महरा र चौथो व्यक्ति उनका छोरा राहुल महरा भएको प्रतिवेदनमै उल्लेख छ ।

    सो प्रकरणमा हाल हिरासतमा रहेका भन्सार र विमानस्थलका कर्मचारीले महराकै लागि सुन ल्याएको बयान नै दिएका छन् ।

    प्रहरीले कल डिटेल रेकर्डसहित कृष्णबहादुर र राहुलको विवरण खुलाउँदा पनि उनीहरूको प्रसंग छायामा पारेर जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले गत असार २७ मा विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

    गत पुस १० मा दुबईबाट आएका चिनियाँ नागरिक ली हानसङको लगेजमा ७३ बट्टामा ७३० थान भेप भेटिएको थियो । एकैपटक यति धेरै परिमाणमा भेप आएको भन्दै विमानस्थल भन्सारले समातेको थियो ।

    अनुसन्धान गर्दै जाँदा भेपभित्र सुन भेटिएको थियो । प्रहरी अनुसन्धान नै भन्छ, ‘नौ किलो ११।५२४ ग्राम सुनको बजार मूल्य आठ करोड ५५ लाख २८ हजार तीन सय ७४ रहेको काठमाडौं सुनचाँदी व्यवसायी संघको मूल्यांकन छ ।’

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, श्रावण १५ २०७८०९:५६:५०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend