आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक बिशेष

सुनिल शर्मा र वर्षमान पुन व्यापारिक साझेदार

सुनिल शर्मा र वर्षमान पुन व्यापारिक साझेदार

  • मिडिया डबली
  • मंगलवार, श्रावण १६ २०८०

  • 6.1K
    SHARES

  • सुनिल शर्मा र वर्षमान पुन व्यापारिक साझेदार

    काठमाडौं - प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सांसद सुनिल शर्माले सुनकाण्डमा गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा नदिए आफू कफन बाँधेर संसद् छिर्नेदेखि अनसन बस्नेसम्मका धम्की दिएका थिए ।

    आफ्नै पार्टीका नेता प्रकाशशरण महत अर्थमन्त्री रहेको र गृहमन्त्री नारायणकाजी श्रेष्ठको पनि राजीनामा मागेपछि शर्मा चर्चामा आएका थिए ।

    सत्तारुढ दलकै नेताले मन्त्रीको राजीनामा मागेपछि सामाजिक सञ्जाल र मिडियामा सुनिल शर्मा छाउन थाले । तर अर्थमन्त्री महतले शर्माका व्यक्तिगत स्वार्थअनुसार निर्णय नगरिदिएपछि यसरी धम्की दिएको तथ्य खुल्यो ।

    स्वास्थ्य बिमाको रकम निकासा नगरिदिएकै कारण महतसँग रुष्ट बनेका शर्मा यतिबेला सिनबाट हराएका छन् । शर्माको विराटनगरमा नोबेल मेडिकल कलेज र काठमाडौंको सिनामंगलमा केएमसी अस्पताल सञ्चालनमा छ ।

    त्यसमाथि माओवादी नेता वर्षमान पुनको नाम सुन तस्करीमा जोडिएको र शर्माको शैक्षिक प्रमाणपत्र छानबिनको माग उठेपछि उनी भूमिगत भएको बुझिएको छ ।

    उनले एमबिबिएस पढ्न आइएको नक्कली सर्टिफिकेट बनाएको समाचार आउन थालेका छन् । आइएस्सीमा कम नम्बर ल्याएपछि शर्माले नक्कली सर्टिफिकेट बनाएर एमबिबिएस पढेको कांग्रेस नेताहरु बताउँछन् ।

    जुन विषयमा सिआइबीले छानबिन गरे पनि दबाबकै कारण मुद्दा दायर रोकिएको थियो । यो प्रकरणले पनि शर्मा पछिल्लो समय चुपचाप बसेका छन् ।

    शनिबार पक्राउ परेका चिनियाँ मूलका बेल्जियम नागरिक दावा छिरिङसँग वर्षमानको दोस्ती देखिएको छ । जसकारण सुनिल शर्माको आक्रोश मत्थर बन्दै गएको छ । शर्मा र पुन व्यापारिक साझेदारसमेत हुन् ।

    वर्षमानको करोडौं रुपैयाँ शर्माले मेडिकल कलेजमा लगानी गरेको कांग्रेस नेताहरुको भनाइ छ । फरक पार्टीका भए पनि उनीहरुबीच घनिष्टता रहेको र अहिले उनै पुनमाथि सुन तस्करीमा छानबिनको माग हुन थालेपछि शर्माको मुख बन्द भएको स्रोतले बतायो ।

    पुनले सुन तस्करीमा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन् । दावासँग खाना खाएको फोटो आठ वर्षअघिको भएको उनको भनाइ छ । पुनले सुनकाण्डमा आफ्नो संलग्नता पुष्टि भए सजाय भोग्न तयार रहेको पनि बताएका छन् ।

    dawa3j.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, मंसिर १२ २०७७०६:५०:१३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend