आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक बिशेष

एक क्विन्टल सुन तस्करीमा जोडिए माओवादी नेता वर्षमान पुन

एक क्विन्टल सुन तस्करीमा जोडिए माओवादी नेता वर्षमान पुन

  • मिडिया डबली
  • आइतवार, श्रावण १४ २०८०

  • 7.6K
    SHARES

  • एक क्विन्टल सुन तस्करीमा जोडिए माओवादी नेता वर्षमान पुन

    काठमाडौं - एक क्विन्टल सुन बरामद प्रकरणमा माओवादी नेता वर्षमान पुन पनि जोडिएका छन् ।

    सुन तस्करीको आरोपमा पक्राउ परेका दावा छिरिङ तामाङको माओवादी नेता पुनको परिवारसँग पारिवारिक रूपमा घनिष्ठ सबन्ध रहेको खुलेको छ। ठमेलस्थित होटल भियनाका सञ्चालकसमेत रहेका दावा छिरिङ शनिबार पक्राउ परेका हुन् ।

    उनी बेल्जियमका नागरिक रहेको खुलेको छ। तर, नेपालबाट बेल्जियम पुगेर उनले त्यहीँको पासपोर्ट बनाई भिजिट भिसामा नेपाल आएको खुलेको छ ।

    तिब्बतीयन मूलका दावाले सुरुमा नेपाली नागरिकता लिएर बेल्जियम पुगेर त्यहीँको पासपोर्ट बनाई एनआरएनए बनेको बुझिएको छ । उनीसँग नेपाली नागरिकतासमेत रहेको खुलेको छ।

    dawa.jpg

    उनले नागरिकता लिएको एक महिनापछि नै नेपाली पासपोर्टसमेत लिएको पत्ता लागेको छ। उनले विभिन्न देश जाँदा बेल्जियम र नेपालका पासपोर्ट प्रयोग गर्ने गरेका थिए।

    मिडिया डबलीलाई प्राप्त एक तस्बिरमा पुन र उनकी श्रीमती ओनसरी घर्तीसँग खाना खाइरहेको देखिन्छ । तस्बिरमा पाँचजना छन् । दावा ओनसरीको छेउमै रहेर खाना आइरहेका छन् ।

    dawa3j.jpg

    बाहिर होटलबाट खाना मगाएर पुन दम्पतीसँग उनीहरूले सँगै खाना खाइरहेको देखिन्छ । दावाले एमाले नेता सर्वेन्द्र खनाल आईजीपी हुँदा पनि उनीसँग निकट सम्बन्ध बनाएका थिए ।

    ठूला पार्टीका चलेका नेता र उच्च प्रहरी अधिकृतसँग बसेर तस्बिर खिचाउने र अरुलाई प्रलोभनमा पारेर तस्करी सञ्जाल विस्तार गर्न दावा माहिर मानिन्छन् ।

    dawa4.jpg

    एक क्विन्टल सुन बरामद प्रकरणमा एमालेले गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि संलग्न रहेको आरोप लगाउँदै सदन अवरुद्ध गरेको छ ।

    साथै, एमालेले विद्युतीय चुरोट (भेप) मा लुकाएर चिनियाँ नागरिकले ल्याएको नौ किलो सुन गायब प्रकरणमा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुललाई अनुसन्धानको दायरामा ल्याउन दबाब दिइरहेको छ ।

    वर्षमान पुन चिनियाँ नेताहरूसँग राम्रो सम्बन्ध रहेका नेता हुन् । उनको गम्भीर उपचार चीनले निःशुल्क गरिदिएको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, मंसिर १२ २०७७०६:५०:१३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend