बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

इतिहासकै कमजोर बनेर घर फर्किंदै कार्की श्रीमान्, अर्को प्रधानन्यायाधीश आउँदै

इतिहासकै कमजोर बनेर घर फर्किंदै कार्की श्रीमान्, अर्को प्रधानन्यायाधीश आउँदै

  • मिडिया डबली
  • आइतवार, श्रावण १४ २०८०

  • 4.5K
    SHARES

  • इतिहासकै कमजोर बनेर घर फर्किंदै कार्की श्रीमान्, अर्को प्रधानन्यायाधीश आउँदै

    काठमाडौं - प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको डेढ महिने कार्यकाल त्यत्तिकै खेर जाने भएको छ ।

    हाल सर्वोच्च अदालतको दैनिक कामकाजबाहेक अरु केही नहेरेका कार्कीले न्यायपरिषद् बैठक नराखी अब घर जाने भएका छन् ।

    उनी साउन २० गते अवकाशमा जाँदै छन्। तर, उनले सर्वोच्च अदालतका ६, उच्च अदालत र जिल्लाका गरी चार दर्जन न्यायाधीश नियुक्त गर्नसमेत सकेनन् ।

    कार्कीले आफू प्रधानन्यायाधीश नियुक्त भई कार्यभार सम्हालेकै बेला अदालतहरूमा न्यायाधीश नियुक्ति गर्ने बताएका थिए । त्यसका लागि न्यायाधीशको रोस्टरसमेत तयार गरेका थिए ।

    तर कानुनमन्त्री धनराज गुरुङ न्यायपरिषद् बैठकमा सहभागी हुन अनिच्छुक देखिएपछि न्यायाधीश नियुक्त हुन सकेको छैन । कार्की प्रधानन्यायाधीश भएकै बेला नयाँ प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्न संवैधानिक परिषद् बैठक बोलाइएको छ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार बस्‍ने गरी संवैधानिक परिषद्को बैठक बोलाएका हुन्। प्रमुख सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी ओलीसँग छलफल गरेपछि प्रधानमन्त्री प्रचण्डले संवैधानिक परिषद्को बैठक बोलाएका हुन्।

    मंगलबार अपराह्न ४ बजे बस्‍ने गरी बोलाइएको बैठकबाट नयाँ प्रधानन्यायाधीशका लागि नाम सिफारिस गर्ने एजेन्डा रहेको बताइएको छ। नयाँ प्रधानन्यायाधीशमा वरिष्ठतम् न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नाम सिफारिस हुने भएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आषाढ १ २०८०१२:२१:२९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend