काठमाडौं - संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नाम अनुमोदन गरेको छ ।
शुक्रबार बिहान बसेको समितिको बैठकले कार्कीका अवधारणा र कार्ययोजनामाथि छलफल गर्दै प्रधानन्यायाधीशमा अनुमोदन गर्ने निर्णय गरेको हो । कार्की साउन २० गते अनिवार्य अवकाशमा जाँदैछन् ।
डेढ महिनाका लागि भए पनि कार्कीलाई प्रधानन्यायाधीश बनाउन संसदीय समितिले नाम अनुमोदन गरेको हो । फास्ट ट्रयाकमा सुनुवाइ गरेर कार्कीको नाम हतार हतार अनुमोदन गर्न उनीविरुद्ध परेका २९ उजरीलाई रद्दीको टोकरीमा फालिएको छ ।
सुनुवाइ समितिबाट अनुमोदन भएका कार्कीलाई राष्ट्रपतिले नियुक्त गरेर शपथ खुवाउनेछन् । राष्ट्रपतिले कहिले कार्कीलाई प्रधानन्यायाधीशको शपथ खुवाउने भन्ने निश्चित भइसकेको छैन ।
राष्ट्रपति रामचन्द्र पौडेल अस्वस्थ भएकाले उनको अवस्था हेरेर मात्र राष्ट्रपति कार्यालयले शपथको समय तोक्ने छ । वैशाख २५ गते संवैधानिक परिषद्ले कार्कीको नाम प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । उनी आठ महिनादेखि कामु प्रधानन्यायाधीश थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।