काठमाडौँ- संसदीय सुनुवाई समितिमा हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीश बनाउने सिफारिसमाथि छलफल सुरु भएको छ ।
प्रधानन्यायाधीश बिहान ८ बजे नै समितिको वैठकमा उपस्थितभएका छन्। समितिका सदस्यहरु समक्ष कार्कीले आफ्ना योजनाहरु प्रस्तुत गर्ने बताएका छन्।
समितिका सदस्यहरुले उनिविरुद्ध परेका उजुरीहरुका सम्बन्धमा प्रश्न गर्ने क्रम चलिरहेको छ । समितिमा कार्कीविरुद्ध २९ वटा उजुरी परेका छन् ।
समितिले बुधबार उजुरीकर्ताहरुसँग छलफलको औपचारिकता पूरा गरेपछि कार्कीलाई बिहीबार समितिमा बोलाएको हो । कार्कीसँगको सुनुवाइ सकिएपछि समितिले बिहीबार नै सिफारिस अनुमोदन गर्नसक्ने बुझिएको छ ।
त्यसपछि राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई प्रधानन्यायाधीश नियुक्त गर्ने छन्। आगामी साउन १९ देखि अनिवार्य अवकाशमा जाने कार्की असार १९ देखि बिदा बस्दा उनि एक महिना पनि प्रधानन्यायाधीश हुन नपाउने बताइएको छ।
राजनीतिक दलहरुको खिचातानी र न्यायालयभित्रै फाहोरी खेलका कारण १५ महिनादेखि प्रधानन्यायाधीशको पद खाली रहँदै आएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।