बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images
आजको बिशेष

हरिकृष्ण प्रधानन्यायाधीश नियुक्त हुने सम्भावना कमजोर, न्यायपरिषदले पठायो यस्तो पत्र

हरिकृष्ण प्रधानन्यायाधीश नियुक्त हुने सम्भावना कमजोर, न्यायपरिषदले पठायो यस्तो पत्र

  • मिडिया डबली
  • सोमवार, जेठ २९ २०८०

  • 5.3K
    SHARES

  • हरिकृष्ण प्रधानन्यायाधीश नियुक्त हुने सम्भावना कमजोर, न्यायपरिषदले पठायो यस्तो पत्र

    काठमाडौं - उमेरहदका कारण हरिकृष्ण कार्की कन्फर्म प्रधानन्यायाधीश बन्ने सम्भावना कमजोर बन्दै गएको छ ।

    परिषद्ले आइतबार कामु प्रधानन्यायाधीशसमेत रहेका कार्कीलाई अनिवार्य अवकाशको मिति सम्झाएको थियो । न्याय परिषद् सचिवालयले ६५ वर्षे उमेर हदका कारण आगामी साउन २० देखि अनिवार्य अवकाश पाउन लागेको जानकारी गराएको हो ।

    कानूनतः अवकाशको एक महिनाअघिदेखि नै प्रधानन्यायाधीशले इजलासमा बस्न पाउँदैनन् । उजुरीमाथि छानबिन र त्यसउपर कार्कीको जवाफको प्रक्रिया बाँकी नै रहेकाले उनलाई नियुक्ति गर्न अझै केही दिन लाग्नेछ ।

    उमेरहदका कारण अवकाश मिति नजिकिएकाले कार्कीले एक महिना पनि प्रधानन्यायाधीश बन्न नपाउने देखिएको छ । कार्कीविरुद्ध परेका उजुरी अध्ययन गर्ने र आवश्यकताअनुसार उजुरीकर्तालाई छलफलमा बोलाउने विषयमा आज संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको छ ।

    तर आइतबार नै न्यायपरिषदको पत्रले कार्कीको सुनुवाइ गर्ने कि नगर्ने भन्ने अलमलमा समिति परेको छ । उजुरीमाथिको अध्ययन र छलफल भएपछि यही साता कार्कीलाई समितिमा बोलाउने तयारी पनि गरिएको छ ।

    कार्कीविरुद्ध जेठ १६ गते १० दिनभित्र उजुरी आह्वान गरिएसँगै प्रक्रिया अगाडि बढेको थियो । उनीविरुद्ध बहालवाला न्यायाधीश श्रीकृष्ण भट्टराईसहित २९ जनाले उजुरी हालेका छन् । उजुरीबारे अध्ययन गर्न निकै समय लाग्ने बुझिएको छ ।

    harikrishna_karki.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, श्रावण १४ २०८००५:४५:०५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend