बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images
राजनीतिक बिशेष

कांग्रेस बैठक आज सकिँदै, महामन्त्रीद्वयको प्रस्तावमा के होला संशोधन ?

कांग्रेस बैठक आज सकिँदै, महामन्त्रीद्वयको प्रस्तावमा के होला संशोधन ?

  • मिडिया डबली
  • बुधवार, श्रावण १० २०८०

  • 1.5K
    SHARES

  • कांग्रेस बैठक आज सकिँदै, महामन्त्रीद्वयको प्रस्तावमा के होला संशोधन ?
    फाइल तस्बिर

    काठमाडौं - नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज समापन हुँदैछ ।

    साउन २ देखि सुरु भएको बैठकमा अब सभापति शेरबहादुर देउवाले मात्र बोल्न बाँकी छ। बैठकमा केन्द्रीय सदस्य र पदाधिकारीले उठाएका प्रश्नको सभापति देउवाले जवाफ दिने छन् ।

    पार्टीको आन्तरिक र राष्ट्रिय महत्वका मुद्दामा अरु नेताहरुले आ–आफ्ना धारणा राखिसकेका छन् । मंगलबार साँझ सभापति देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले केन्द्रीय समिति बैठकमा उपसभापति पूर्णबहादुर खड्का, दलका प्रमुख सचेतक रमेश लेखक, गोपालमान श्रेष्ठलगायतले प्रस्तुत गरेको प्रतिवेदन पारित गरेको थियो ।

    महामन्त्री गगन थापाले प्रस्तुत गरेको विधान कार्यान्वयन र एक वर्षे कार्ययोजना तथा अर्का महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तुत गरेको विभिन्न १० एजेण्डालाई समेटेर बैठकका निर्णय सार्वजनिक गर्ने तयारी छ ।

    महामन्त्री थापाले प्रस्तुत गरेको कार्ययोजना लागू भएमा कांग्रेस चलायमान हुने ठानेर संस्थापन पक्षका केही नेता संशोधन गर्नुपर्ने अडानमा छन् । सोही कारण आज महामन्त्रीको कार्ययोजनामा केही संशोधन हुन सक्ने बताइन्छ ।

    पार्टी सभापति देउवा महामन्त्रीले प्रस्तुत गरेको क्यालेन्डर लागू गर्ने मनस्थितिमा रहे पनि उनलाई निकट नेताले संशोधन गर्न उक्साइरहेको बताइन्छ ।

    एक हप्ता लामो बैठकमा एजेन्डाभन्दा पनि संस्थापन र इतर पक्षबीच आरोप–प्रत्यारोपले मुख्य एजेन्डा नै ओझेल परेका छन् ।

    कांग्रेसले यो बैठक सामाजिक सञ्जालबाट प्रत्यक्ष सार्वजनिक गरेपछि निक्कै चर्चा भएको छ । महामन्त्रीलाई ठीक पार्न भनेर लाइभ गरे पनि अहिले संस्थापन पक्षकै नेतालाई ड्यामेज भएको छ ।

    लाइभको भरपूर फाइदा बरु महामन्त्री थापा र शर्माले लिएका छन् । सर्वत्र दुवैको मात्र प्रशंसा भइरहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend