बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

तरुण दल र महिला संघ जिल्ला समितिलाई पूर्णता दिन कांग्रेस कास्कीको सिफारिस

तरुण दल र महिला संघ जिल्ला समितिलाई पूर्णता दिन कांग्रेस कास्कीको सिफारिस

  • मिडिया डबली
  • आइतवार, श्रावण ७ २०८०

  • 3.5K
    SHARES

  • तरुण दल र महिला संघ जिल्ला समितिलाई पूर्णता दिन कांग्रेस कास्कीको सिफारिस

    काठमाडौं - नेपाली कांग्रेस कास्कीले तरुण दल र महिला संघ जिल्ला समितिलाई पूर्णता दिन केन्द्रलाई सिफारिस गरेको छ ।

    हालै सम्पन्न कांग्रेस कास्कीको नियमित बैठकले नेपाल तरुण दल कास्की र नेपाल महिला संघ अपूर्ण रहेकाले दुवै भ्रातृसंस्थालाई यथाशीघ्र पूर्णता दिन केन्द्रलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

    महिला संघ कास्कीकी सभापति कोपिला रानाभाट नेपाली कांग्रेसको १४औं महाधिवेशनमा कांग्रेस गण्डकी प्रदेशको सहमहामन्त्री निर्वाचित भएको र तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङ कांग्रेस कास्की क्षेत्र नम्बर ३ को सभापति निर्वाचित भएसँगै दुवै भ्रातृसंस्थामा अध्यक्ष पद रिक्त छन् ।

    लामो समयसम्म पनि तरुण दल र महिला संघले पूर्णता नपाउँदा कार्यकर्तामा अन्योल छाएको भन्दै साउन ५ गतेको कांग्रेस कास्कीको बैठकले रिक्त रहेको तरुण दल र महिला संघलाई पूर्णता दिनुपर्ने निर्णय गरेको हो ।

    कांग्रेसको विधानमा पार्टीको कुनै तहमा निर्वाचित सभापति तथा पदाधिकारी भ्रातृसंस्थाको कुनै पनि पदमा बस्न नपाउने व्यवस्था छ ।

    कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले तरुण दल र महिला संघको रिक्तताले निर्वाचनमा प्रत्यक्ष असर गरेको र पार्टी संगठन निर्माणमा अप्ठ्यारो भएका कारण छिटोभन्दा छिटो पूर्णता दिएर संगठन निर्माणमा जुट्न दुवै भ्रातृसंघलाई पूर्णता दिनुपर्ने निर्णय गरिएको जानकारी दिए ।

    कांग्रेसका सचिव भानुभक्त ढकालले कांग्रेसको १४औं महाधिवेशनपछि तरुण दल र महिला संघ रिक्त रहेको भन्दै अब यसलाई पूर्णता दिने प्रकिया सुरु भएको बताए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend