बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

एक क्विन्टल सुनकाण्डले एमालेमा सबैभन्दा धेरै छटपटी किन ?

एक क्विन्टल सुनकाण्डले एमालेमा सबैभन्दा धेरै छटपटी किन ?

  • मिडिया डबली
  • शुक्रवार, श्रावण ५ २०८०

  • 2.4K
    SHARES

  • एक क्विन्टल सुनकाण्डले एमालेमा सबैभन्दा धेरै छटपटी किन ?

    काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई मागबाट भित्रिएको एक क्विन्टल सुन बरामद भएपछि सबैभन्दा धेरै छटपटी एमालेलाई देखिएको छ । एमाले अध्यक्ष केपी ओली अहिले कम्बोडिया भ्रमणमा छन् ।

    एमालेका पदाधिकारीसहित तल्लो तहका नेता कार्यकर्तासमेत सुनकाण्डले तिलमिलाएको देखिएको छ । सामाजिक सञ्जालमा निरन्तर सरकार र गृहमन्त्री नारायणकाजी श्रेष्ठविरुद्ध एमाले नेता कार्यकर्ताले फायर नै खोलेका छन् ।

    नक्कली भुटानी शरणार्थी र बालुवाटारको ललिता निवास जग्गा प्रकरणको फाइल खोल्दा पनि एमाले नेता कार्यकर्ता निकै आत्तिएका थिए । अहिले त उनीहरू गृहमन्त्री श्रेष्ठको राजीनामा नै माग गरिरहेका छन् ।

    बुधबार रातिदेखि नै एमाले नेता कार्यकर्ता, पत्रकार, शिक्षक, वकिल सबै सामाजिक सञ्जालमा सरकार र माओवादीसँग भिडिरहेका छन् ।

    शुक्रबार एमाले नेता सूर्य थापाले गृहमन्त्री श्रेष्ठले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग गरेका छन् ।

    ‘इन्टरनेशनल टर्मिनलको सारा कडा सुरक्षा जाँचपरीक्षण पार गरी सुन सकुशल सिनामंगलसम्म ट्याक्सीमा सवार हुन कसरी पुग्यो ? यसमा गृहमन्त्रीजीले जवाफदेही भएर छानविन प्रभावित नहोस् भनी स्वनिलम्बन÷राजीनामाको घोषणा गर्न अत्यन्त ढिलो भयो,’ थापाले फेसबुकमा लेखेका छन् ।

    एमालेका अर्का नेता विष्णु रिजालले त एयरपोर्टका प्रमुख निकायमा माओवादी मन्त्रीहरूले सबै आफ्ना मान्छे फिट गरेकाले उनीहरूकै संलग्नता रहेको आरोप लगाएका छन् ।

    ‘तस्करीको संरक्षण र सेटिङ सरकारबिना सम्भव छैन। सरकारमा को छः? एयरपोर्टमा सुरक्षा के प्रतिपक्षले गर्छ र ? एमाले किन डराउनुपर्यो र ? आफै धामी आफै झाँक्री,’ एमाले प्रचार उपप्रमुख गगन विष्टले लेखेका छन् । नेपालमा हुने हरेक काण्डमा एमालेका नेता कार्यकर्ता मुछिने गरेका छन् ।

    यसअघि यति, ओम्नी, वाइडबडी काण्डमा एमालेकै नेताहरू मुछिएका थिए । केपी ओली प्रधानमन्त्री भएका बेला ३३ किलो सुनकाण्ड बाहिर आयो ।

    ४० जनाविरुद्ध मुद्दा चलाइयो । न त सुन बरामद भयो, न मुख्य लगानीकर्ता नै पक्राउ परे । चुडामणि उप्रेतीलाई बलिको बोको बनाएर सबै आरोपीलाई छोडियो । अहिलेको सुनकाण्डमा मुछिएका दीपक मल्होत्राको एमालेसँग निकै राम्रो सम्बन्ध छ ।

    तीन दशकदेखि एमालेसँग राम्रो सम्बन्ध भएको र मल्होत्राकै एक अर्ब बढी मूल्यको सुन भएकाले पनि एमाले नेता कार्यकर्ता तिलमिलाएको हुन सक्ने आशंका गरिएको छ ।

    हङकङबाट शुक्रबार राति १० बजे एक क्विन्टल सुन काठमाडौं आएको थियो । ‘क्विन्टल सुनका ६ कार्टुन चार दिनसम्म भन्सार गोदाममा राखिएको थियो, सेटिङ निश्चित गरेपछि मंगलबार अपराह्न सवा ४ बजे मात्र बाहिर निकालिएको थियो।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, जेठ ३ २०७९११:२२:३२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend