सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

राष्ट्रपति पौडेलको समवेदना सन्देश पढेर प्रचण्ड भावुक, खुलाए रामचन्द्र र सीताको हार्दिकता

राष्ट्रपति पौडेलको समवेदना सन्देश पढेर प्रचण्ड भावुक, खुलाए रामचन्द्र र सीताको हार्दिकता

  • मिडिया डबली
  • शुक्रवार, आषाढ २९ २०८०

  • 3.0K
    SHARES

  • राष्ट्रपति पौडेलको समवेदना सन्देश पढेर प्रचण्ड भावुक, खुलाए रामचन्द्र र सीताको हार्दिकता

    काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधनमा दुःख व्यक्त गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले पठाएको समावेदना सन्देश पढेर भावुक भएका छन् ।

    प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति पौडेलको समवेदनापत्र अत्यन्तै मार्मिक भएको बताउँदै आभार व्यक्त गरेका छन् । प्रचण्डले सीताको निधनलगत्तै टेलिफोन गरी दुःख व्यक्त गर्ने क्रममा राष्ट्रपति र आफू दुवै भावविह्वल भएको पनि बताए।

    प्रधानमन्त्री पौडेलले राष्ट्रपतिसँग सीताको सम्बन्ध दाजु र बहिनीको भएकाले पनि राष्ट्रपति पनि भावविह्वल भएको उल्लेख गरे ।

    राष्ट्रपति पौडेलको समवेदना सन्देश लिएर राष्ट्रपति कार्यालयका पदाधिकारीहरू तथा राष्ट्रपति पौडेलका परिवारका सदस्यहरू शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।

    राष्ट्रपति पौडेलको सन्देश राष्ट्रपति कार्यालयका सचिव डिल्लीराज शर्माले प्रधानमन्त्री प्रचण्डलाई हस्तान्तरण गरेका छन् । सीता दाहालको सशस्त्र संघर्षलगायत संघीय लोकतान्त्रिक गणतन्त्रका लागि भएका आन्दोलनहरूमा भूमिका महत्वपूर्ण रहेको राष्ट्रपति पौडेलको समवेदना पत्रमा उल्लेख छ ।

    ‘समाज रूपान्तरण र राजनीतिक परिवर्तनमात्र नभएर सम्माननीय प्रधानमन्त्री दाहालको राजनीतिक छवि एवं कदलाई सफलतापूर्वक यो उचाइसम्म ल्याउन विगतका कष्टकर दिनहरूमा सीताको साथ तथा सहयोग उदाहरणीय र अनुकरणीय छ’, पत्रमा भनिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, फाल्गुण २९ २०७९०५:०१:५२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend