सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

राष्ट्रपतिमा रामचन्द्रको इनिङ्स सुरु

राष्ट्रपतिमा रामचन्द्रको इनिङ्स सुरु

  • मिडिया डबली
  • सोमवार, फाल्गुण २९ २०७९

  • 2.1K
    SHARES

  • राष्ट्रपतिमा रामचन्द्रको इनिङ्स सुरु

    काठमाडौं- नयाँ राष्ट्रपतिका रूपमा रामचन्द्र पौडेलले सोमबार आफ्नो कार्यभारको थालनी गर्ने भएका छन् । फागुन २५ गते नै पौडेल राष्ट्रपतिमा निर्वाचित भएका थिए । उनले आज आफ्नो पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ। कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पौडेललाई शपथ खुवाउने कार्यक्रम छ ।

    राष्ट्रपति भवन शीतल निवासमा आज दिउँसो १ बजे हुने शपथ कार्यक्रममा पौडेललाई विद्यादेवी भण्डारीबाट पद हस्तान्तरणसँगै भण्डारीको बिदाइ कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ । शपथपछि आजै पौडेल शीतल निवास सर्नेछन् भने वर्तमान राष्ट्रपति भण्डारी आजै बालुवाटारस्थित आफ्नी जेठी छोरी उषाकिरण भण्डारीको निजी निवासमा सर्नेछिन् । भण्डारी २०७२ कात्तिक ११ गते राष्ट्रपति पदमा पहिलोपटक निर्वाचित भएकी थिइन् । त्यसपछि दोस्रो कार्यकालका लागि २०७४ फागुन २९ गते पनि उनी नै राष्ट्रपतिमा निर्वाचित भएकी थिइन् ।

    राष्ट्रपति निर्वाचित भएलगत्तै पौडेलले नेपाली कांग्रेसको वरिष्ठ नेता, सांसद र साधारण सदस्य सबै पदबाट राजीनामा दिएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले पौडेलको राजीनामा स्वीकृत गरिसकेका छन् । पार्टी नेतृत्व र राज्यको कार्यकारी भूमिका निर्वाह गर्न नपाए पनि पौडेलले देशकै सर्वोच्च पदमा आसीन हुने मौका पाएका छन् । जुन दुर्लभ नेताको भाग्यमा लेखिएको हुन्छ । 

    २०६४ को संविधानसभा निर्वाचनपछि देशले पहिलो राष्ट्रपति नेपाली कांग्रेसका नेता रामवरण यादव पाएको थियो । अहिले अर्का नेता पनि कांग्रेसबाटै चुनिएका छन् । यसले पनि नेपालमा कांग्रेसको भूमिका कस्तो रहेछ भन्ने छर्लंग पार्छ । पौडेलसामु अब संविधानको संरक्षक र राज्यको अभिभावकको जिम्मेवारी थपिएको छ ।

    यो पाँच वर्षे कार्यकालमा उनी आफ्नो जिम्मेवारीमा सफल हुने आमदेशवासीले अपेक्षा गरेका छन् । सादगी जीवनका पर्याय पौडेलको शीतल निवास यात्रा कसरी अघि बढ्ला भन्नेमा सबैको चासो छ । तर ६५ वर्षे राजनीतिक यात्राका क्रममा १५ वर्ष जेल जीवन बिताएका पौडेल राष्ट्रपतिमा पनि खरो उत्रिने सबैको अपेक्षा छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, फाल्गुण ३० २०७९०७:१२:३४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend