आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

भारत सरकारको अनुदान सहयोगमा निर्मित बुढानिलकण्ठ धर्मशालाको उपराष्ट्रपति यादवले गरे उदघाटन

भारत सरकारको अनुदान सहयोगमा निर्मित बुढानिलकण्ठ धर्मशालाको उपराष्ट्रपति यादवले गरे उदघाटन

  • मिडिया डबली
  • बिहिवार, आषाढ २१ २०८०

  • 1.9K
    SHARES

  • भारत सरकारको अनुदान सहयोगमा निर्मित बुढानिलकण्ठ धर्मशालाको उपराष्ट्रपति यादवले गरे उदघाटन

    काठमाडौं - उपराष्ट्रपति रामसहायप्रसाद यादवले काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–३ मा बनाएको बुढानीलकण्ठ धर्मशाला (अतिथि गृह) को बुधबारउद्घाटन गरेका छन् ।

    कार्यक्रममा बूढानीलकण्ठ मन्दिरका मठाधीश स्वामी निगमानन्द, कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र प्रदीप पौडेल, काठमाडौंस्थित भारतीय दूतावासका कार्यवाहक प्रसन्न श्रीवास्तव, गुठी संस्थानका प्रमुख डा.शिवराज पण्डित, बूढानीलकण्ठ मन्दिर समितिका प्रतिनिधि, काठमाडौंस्थित भारतीय दूतावासका अधिकारीहरुको उपस्थिति थियो ।

    धर्मशाला भारत सरकारको करिब पाँच करोड अनुदान सहयोगमा निर्माण गरिएको हो। नेपालको सांस्कृतिक सम्पदा क्षेत्रमा भूकम्पपश्चातको पुनर्निर्माण अनुदानअन्तर्गत आयोजना ल्याएको भारतीय दूतावासले जनाएको छ ।

    २०७२ सालको भूकम्पमा क्षतिग्रस्त धर्मशाला भवन पुरातत्व विभागको आधारभूत निर्देशिका र निर्देशिकाअनुसार पुनर्निर्माण गरिएको छ ।

    यो आयोजना नेपाल सरकारको सहरी विकास तथा भवन निर्माण विभागको केन्द्रीयस्तरको आयोजना कार्यान्वयन इकाईले कार्यान्वयन गरेको हो । साढे तीन तले धर्मशालाले हजारौं तीर्थयात्रीहरूलाई बूढानीलकण्ठ मन्दिरमा सेवा दिने अपेक्षा दूतावासले गरेको छ ।

    धर्मशाला उदघाटन गर्दै उपराष्ट्रपति यादवले भूकम्पपछिको पुनर्निर्माणका लागि भारत सरकारले गरेको सहयोगको प्रशंसा गरे ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, जेठ २३ २०८०१२:२८:०१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend