काठमाडौं - साढे दस महिनापछि नेपाली कांग्रेसका नेता कार्यकर्ता पार्टी केन्द्रीय कार्यालय सानेपामा भेला भएका छन् ।
यसअघि गत वर्ष साउनमा कांग्रेस केन्द्रीय कार्यालयमा नेता कार्यकर्ताको भिडभाड थियो । त्यसबेला केन्द्रीय समितिको बैठक बसेको थियो ।
आज भने नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको भेला हुँदैछ। दिउँसो १ बजे बस्ने बैठकमा क्रियाशील सदस्यता र सदस्यताको वितरण, नवीकरण र अभिलेखीकरणलगायतको विषयमा छलफल हुने छ ।
विधान बमोजिमम गर्नुपर्ने पार्टीका विभिन्न तहका सम्मेलन र पार्टी सञ्चालन तथा व्यवस्थापनलगायतका अन्य विविध सांगठनिक विषयमा छलफल हुने कांग्रेसले जानकारी दिएको छ ।
महामन्त्री गगन थापाले जिल्ला सभापतिहरुलाई भेलामा सहभागी हुन पठाएको पत्रमा जिल्लाको विवरणसहित उपस्थित हुन भनिएको छ ।
आफ्नो जिल्ला अन्तर्गतका प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिरप्रदेशसभा क्षेत्रीय कार्यसमिति÷गाउँ, नगर पालिका कार्यसमितिरवडा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको नामावली र सम्पर्क नम्बरको विवरणसहित उपस्थित हुन निर्देशन दिइएको छ ।
यस्तै जिल्लामा वडा तहदेखि जिल्लासम्म विधान बमोजिम हुनुपर्ने सम्मेलनहरु कुन कुन तहको सम्मेलन सम्पन्न भए, कुन कुनको हुन बाँकी छ त्यसको विवरण र योजना पनि पेस गर्न भनिएको छ । कांग्रेसले एक वर्षपछि केन्द्रीय समितिको बैठक पनि बोलाइएको छ ।
उक्त बैठक आगामी असार २८ गते काठमाडौंमा बस्ने कांग्रेसले जनाएको छ । धेरैपछि पार्टीको भेला र बैठक बस्ने भएपछि कांग्रेस नेता कार्यकर्ताको मुहार हँसिलो देखिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।