काठमाडौं - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सक्रियता बढेको छ ।
केही दिनअघि मात्रै अमेरिकाको भ्रमण सकेर स्वदेश फर्केका मोदीले मंगलबार चीन, रुस, पाकिस्तानलगायतका देशका राष्ट्रपति र प्रधानमन्त्रीसँग छलफल गरेका थिए ।
मोदी असार २९ गते फ्रान्सको राष्ट्रिय दिवसका अवसरमा राजधानी पेरिसमा आयोजना हुने विशेष समारोहमा सहभागी हुने भएका छन्। मोदीले विशेष अतिथिका रूपमा भाग लिने पेरिसस्थित भारतीय दूतावासले जनाएको छ।
भारतका तीनवटा राफेल लडाकु विमान पनि सोही अवसरमा आयोजना हुने सैन्य परेडमा सहभागी हुनेछन्। प्रधानमन्त्री मोदीको यो भ्रमण फ्रान्स र भारतबीचको रणनीतिक साझेदारीको २५औँ वार्षिकोत्सवका बेला हुन लागेको हो। भारतले अन्तिमपटक सन् २००९ मा परेडमा भाग लिएको थियो।
त्यसबेला प्रधानमन्त्री मनमोहन सिंह भारतीय सैन्य दलसँगै सहभागी भएका थिए। मोदीको भ्रमणबाट भारत–फ्रान्स रणनीतिक, सांस्कृतिक, वैज्ञानिक, शैक्षिक र आर्थिक सहयोगका लागि नयाँ एवं महत्वाकांक्षी लक्ष्य निर्धारण गरेर द्विदेशीय रणनीतिक साझेदारी अर्को चरणमा प्रवेश गर्ने अपेक्षा गरिएको विज्ञप्तिमा उल्लेख छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।