आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

बालेनले बालुवाटारको सरकारी जग्गामा नयाँ भवन निर्माणका लागि स्वीकृति नदिने

बालेनले बालुवाटारको सरकारी जग्गामा नयाँ भवन निर्माणका लागि स्वीकृति नदिने

  • मिडिया डबली
  • सोमवार, आषाढ १८ २०८०

  • 3.0K
    SHARES

  • बालेनले बालुवाटारको सरकारी जग्गामा नयाँ भवन निर्माणका लागि स्वीकृति नदिने

    काठमाडौं - काठमाडौं महानगरपालिकाले बालुवाटारस्थित ललिता निवासभित्र पर्ने जग्गामा भवन निर्माणका लागि स्वीकृति नदिने भएको छ।

    महानगरले सोमबार एक सूचना जारी गर्दै वडा नम्बर ४ मा पर्ने बालुवाटारस्थित ललिता निवासभित्रका जग्गामा नयाँ भवन बनाउन स्वीकृति नदिने र निर्माणाधीन भवनहरुको निर्माण सम्पन्नताको प्रमाणपत्र नदिने जनाएको हो।

    महानगरले उक्त क्षेत्रमा कुनै भवन निर्माणाधीन भए रोक्का राख्नसमेत सरोकारवालाहरूलाई आग्रह गरेको छ । सूचना अटेर गरी भवन निर्माण जारी राखेमा भत्काइने चेतावनी दिँदै महानगरले भत्काउन लागेको खर्चसमेत घरधनीबाट असुल गरिने चेतावनी दिएको छ ।

    काठमाडौं महानगर प्रमुख बालेन्द्र साहले आइतबार नगर प्रहरी बालुवाटार पठाएर त्यहाँका भौतिक संरचना र वस्तुस्थिति बुझेका थिए ।

    त्यसलगत्तै आज सूचना जारी गरेका हुन् । काठमाडौं नगर प्रहरीले त्यहाँको भौतिक संरचना हटाउन सात दिने अल्टिमेटम दिएको छ ।

    ललिता निवासको १४३ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा पारेर खरिदबिक्री गरेपछि यसबारे अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीले छानबिन गरिरहेको छ ।

    balen.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, जेठ ४ २०७९०४:२३:३८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend