सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

भारतीय प्रधानमन्त्री र रूसी राष्ट्रपतिबीच टेलिफोन वार्ता

भारतीय प्रधानमन्त्री र रूसी राष्ट्रपतिबीच टेलिफोन वार्ता

  • मिडिया डबली
  • आइतवार, आषाढ १७ २०८०

  • 1.4K
    SHARES

  • भारतीय प्रधानमन्त्री र रूसी राष्ट्रपतिबीच टेलिफोन वार्ता

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच टेलिफोन वार्ता भएको छ ।

    रूसी राष्ट्रपति कार्यालय क्रेमलिनले शुक्रबार दुई नेताबीच टेलिफोनमा कुराकानी भएको जानकारी दिएको छ ।

    टाइम्स अफ इन्डियाका अनुसार टेलिफोन कुराकानीका क्रममा मोदी र पुटिनबीच रूस–युक्रेन युद्धको पछिल्लो अवस्था र केही दिनअघि रूसमा भएको विद्रोहबारे छलफल भएको थियो ।

    रूसको निजी सैन्य कम्पनी वागनर समूहले गत साता पुटिनविरूद्ध विद्रोह गरेको थियो । उक्त विद्रोह साम्य पार्न पुटिनले चालेका कदमको मोदीले समर्थन गरेको क्रेमलिनले दाबी छ ।

    युक्रेनमाथि रुस आक्रमणको पश्चिमा मुलुकहरूले तीव्र विरोध गर्दा भारत भने अहिलेसम्म तटस्थ बसेको छ । भारतीय प्रधानमन्त्री मोदीले गत साता संयुक्त राज्य अमेरिकाको राजकीय भ्रमण गर्नुभएको थियो ।

    अमेरिकी संसदको संयुक्त बैठकलाई सम्बोधन गर्नुभएका मोदीले रक्षासहित विभिन्न क्षेत्रमा अमेरिकासँग महत्वपूर्ण सम्झौता पनि गर्नुभएको थियो ।

    युक्रेन युद्धमा रूसविरोधी मोर्चामा रहेको अमेरिका भ्रमणबाट फर्किनुभएका मोदीले दस दिन नबित्दै पुटिनसँग गरेको टेलिफोन वार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ । - एजेन्सी 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, फाल्गुण ६ २०७७०५:४६:१२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend