काठमाडौं - लामो रस्साकस्सीपछि नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल तरुण दलले पूर्णता पाएको छ ।
तरुण दलको तदर्थ समितिमा चार सय सदस्य थप गरिएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विद्वान गुरुङको अध्यक्षतामा रहको तरुण दलको तदर्थ समितिमा बुधबार राति चार सय सदस्य थप गरेका हुन् ।
सभापति देउवाले सातै प्रदेशमा गरी सदस्य थप गरेको पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव डा. प्रदीप पराजुलीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
पार्टीभित्रका गुट–उपगुट सबैलाई समेट्दा तरुण दलको जम्बो तदर्थ समिति बनेको छ । तीन सयभन्दा ठूलो कार्यसमिति नबनाउने भनिए पनि त्यसो हुन सकेन ।
कोसी प्रदेशबाट ७२, मधेस प्रदेशबाट ४७, बागमतीबाट एक सय आठ, गण्डकीबाट ६५, लुम्बिनीबाट ४०, कर्णालीबाट ३३ र सुदूरपश्चिमबाट ३५ जना सदस्य थपिएका छन् ।
कार्यसमितिमा पदाधिकारी नराख्ने सहमति भएको छ । यसअघि महिला संघको तदर्थ समिति र किसान संघले पूर्णता पाइसकेको छ । अब नेविसंघको कार्यसमितिले पूर्णता पाउन बाँकी छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।