आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

आफ्नै गृहजिल्ला प्रवेशमा प्रतिबन्ध लागेका योगेशको एमालेले १५० सिट जित्ने दाबी

आफ्नै गृहजिल्ला प्रवेशमा प्रतिबन्ध लागेका योगेशको एमालेले १५० सिट जित्ने दाबी

  • मिडिया डबली
  • आइतवार, आषाढ १० २०८०

  • 2.9K
    SHARES

  • आफ्नै गृहजिल्ला प्रवेशमा प्रतिबन्ध लागेका योगेशको एमालेले १५० सिट जित्ने दाबी

    काठमाडौं - एमाले सचिव योगेश भट्टराई पनि पार्टी अध्यक्ष केपी ओलीकै पथमा हिँडेका छन् । एमालेको भावी नेतृत्व लिने सम्भावना देखिएका योगेशले पछिल्लो समय हावादारी तर्क गर्न थालेका छन् ।

    ठूला दलका नेताहरूमा देखिएको वितृष्णाले नयाँ दल र नेताको उदय भइरहेका बेला उनी भने आगामी निर्वाचनमा एमालेले १५० सिट जित्ने दाबी गर्न थालेका छन् । वामपन्थी पार्टीहरू एक भएर लड्दा त एक सय २० सिट जित्न नसकेको सबैले देखेकै हो ।

    अहिले कम्युनिस्ट पार्टीहरू छिन्नभिन्न छन् । यस्तो अवस्थामा पनि योगेशले एमालेले २०८४ को निर्वाचनमा एक्लै १५० सिट जित्ने बताएर जग हँसाएका छन् ।

    सर्लाहीको लालबन्दीमा शनिबार मधेस प्रदेशस्तरीय प्रचार भेलालाई सम्बोधन गर्दै भट्टराईले २०८४ सालको निर्वाचनमा प्रतिनिधिसभामा एक सय ५० सिटको बहुमत ल्याएर सरकार बनाउने बताएका हुन्।

    उनले यो एमालेको अभियान नै भएको प्रस्ट्याए। पार्टीको मधेस प्रदेश इन्चार्जसमेत रहेका भट्टराईले एमालेबाहेक गठबन्धनहरूले देशलाई बर्बाद गर्नेभन्दा अरू काम नगरेको पनि आरोप लगाए।

    जबकि योगेशलाई पहिचानवादी पक्षधरले उनकै गृहजिल्ला ताप्लेजुङ प्रवेशमा रोक लगाएका छन् । आफ्नै जिल्ला जान नसक्ने योगेशको यस्तो दाबी सुनेर अहिले उनीप्रति विभिन्न टीकाटिप्पणी हुन थालेको छ ।

    गत मंसिरको निर्वाचनअघिसम्म एमाले अध्यक्ष केपी ओलीले पनि आफ्नो पार्टीले एक सय ५० सिट जित्ने दाबी गरेका थिए । त्यसबेला ओलीले प्रत्यक्षमा १०० र समानुपातिकमा ५० सिट ल्याउने प्रक्षेपण गरेका थिए ।

    तर चुनावमा एमालेले प्रत्यक्ष र समानुपातिक गरी ७८ सिट मात्रै ल्यायो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, पौष २० २०७७०६:१०:५५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend