आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

नेकपाले योगेश भट्टराईलाई दियो ठूलो जिम्मेवारी, अरु युवा हेरेको हेर्‍यै

नेकपाले योगेश भट्टराईलाई दियो ठूलो जिम्मेवारी, अरु युवा हेरेको हेर्‍यै

  • मिडिया डबली
  • सोमवार, पौष २० २०७७

  • 12.6K
    SHARES

  • नेकपाले योगेश भट्टराईलाई दियो ठूलो जिम्मेवारी, अरु युवा हेरेको हेर्‍यै

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकले युवा नेता योगेश भट्टराईलाई ठूलो जिम्मेवारी दिएको छ ।

    प्रचण्ड–नेपाल पक्षीय नेकपाले यसअघि प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा आन्दोलन परिचालन कमिटी गठन गरेकोमा नेता भट्टराईलाई कमिटीको सहसंयोजकको जिम्मेवारी तोकिएको छ ।

    नेता भट्टराईलाई सहसंयोजक मात्रै नभई आन्दोलन परिचालन कमिटीको प्रवक्ताको समेत जिम्मेवारी तोकिएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिए ।

    यसअघि प्रचण्ड–नेपाल पक्षीय नेकपाको महासचिव नियुक्त गर्ने चर्चा चलेपनि त्यसबारे निर्णय हुन सकेको छैन । नेकपामा थुप्रै युवाहरू जिम्मेवारीका आकांक्षी भए पनि भट्टराईले जिम्मेवारी पाउँदा अरु हेरेका हेर्‍यै भएका छन् । यसअघि भट्टराई प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री थिए ।

    बैठकले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई पार्टी इन्चार्जको जिम्मेवारीबाट कारवाही गर्दै बर्खास्त गरेको छ । बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा लागेका दुवै मुख्यमन्त्री र पार्टी इन्चार्जलाई कारवाही गरेको हो ।

    दुवै जनालाई पार्टी प्रदेश इन्चार्जको जिम्मेवारीबाट हटाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् । बैठकले संसद पुनःस्थापना नभएसम्म ओली सरकारविरुद्ध आन्दोलन गरिराख्ने र संयुक्त आन्दोलनका लागि अन्य दलसँग समेत सहकार्य गर्ने निर्णय समेत गरेको श्रेष्ठले बताए ।

    पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको उपचारका लागि भारत गएका बेला अर्का अध्यक्ष माधवकुमार नेपालको अध्यक्षमा बसेको बैठकले ठूला निर्णयहरू लिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend