काठमाडौं - पछिल्लो समय नेकपामा आन्तरिक विवाद बढ्दै जाँदा त्यसको असर सरकार सञ्चालनमा समेत परेको छ । प्रधानमन्त्री केपी ओलीले राम्ररी काम गर्न त सकेनन् नै उनका मन्त्रीहरू पनि बेलाबेलामा राजीनामा दिन्छु भनेर घुर्की लगाउन थालेका छन् ।
तर, उनीहरूले कसलाई राजीनामा दिन्छु भनेर घुर्की लगाएका हुन् ? त्यो भने अझै खुलिसकेको छैन । केही दिनअघि सूचना प्रविधि तथा सञ्चारमन्त्री पार्वत गुरुङले सामाजिक सञ्जालमार्फत आवश्यक परे आफूले मन्त्री पदबाट राजीनामा दिने घोषणा गरे ।
सबै मिडियाले सञ्चारमन्त्री गुरुङको सो घोषणालाई समाचार बनाए । गुरुङले पार्टीमा चर्चा पाए । तर, अहिलेसम्म उनले राजीनामा दिएका छैनन् । पार्टीको विवाद यदि मिल्छ भने आफूले जुनसुकै पदबाट राजीनामा दिन तयार रहेको उनको भनाइ थियो ।
त्यस्तै, बिहीबार मात्र पर्यटनमन्त्री योगेश भट्टराईले पार्टी विभाजन रोक्न आफूले पदबाट राजीनामा दिने घोषणा गरे । उनले भनेका कुरा समाचारमा आए । तर, पार्टीमा विवाद मिल्न सकेको छैन । झन झन बढ्दो छ ।
आगामी मंसिर १३ गते प्रधानमन्त्री ओलीले दिने जवाफी पत्रले नै नेकपाको भविष्य निर्धारण हुने नेताहरु नै बताउन थालेका छन् । तर, अहिले किन धमाधम मन्त्रीहरुले राजीनामाको घोषणा गरिरहेका छन् भन्ने कसैले पनि बुझ्न सकेका छैनन् ।
जबकि कामै गर्न नसकेका र भ्रष्टाचारले गन्हाएका भानुभक्त ढकाल, ईश्वर पोखरेल, हृदयेश त्रिपाठी, रामेश्वर राय यादव, लेखराज भट्ट, विना मगर भने कतै आफ्नो पद गइहाल्छ कि भन्ने भयमा छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।