आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कोरोना कहरमा कम्युनिस्ट मन्त्रीले रातारात पशुपति विकास कोषमा ४३ जना कार्यकर्ता भर्ती गर्दै

कोरोना कहरमा कम्युनिस्ट मन्त्रीले रातारात पशुपति विकास कोषमा ४३ जना कार्यकर्ता भर्ती गर्दै

  • मिडिया डबली
  • मंगलवार, आश्विन १३ २०७७

  • 8.0K
    SHARES

  • कोरोना कहरमा कम्युनिस्ट मन्त्रीले रातारात पशुपति विकास कोषमा ४३ जना कार्यकर्ता भर्ती गर्दै

     काठमाडौं - कोरोना कहरका बेला संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेश भट्टराई आफ्ना पार्टीका कार्यकर्तालाई जागिर खुवाउने अभियानमा लागेका छन् ।

    उनको सो अभियानलाई पशुपति विकास कोषका सदस्य सचिव प्रदीप ढकाल र कार्यकारी निर्देशक घनश्याम खतिवडाले साथ दिएका हुन् । विकास कोषकै अग्रसरतामा अहिले रातारात कर्मचारी भर्ना अभियान सुरु भएको छ ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २७ जना कर्मचारी भर्ना गर्न निर्देशन दिए पनि विकास कोषले त्यसमा १६ जना थपेर ४३ जना कर्मचारी भर्ना गर्न लागेको छ ।

    अहिले कसैलाई पनि जानकारी नदिई रातारात कर्मचारी भर्ना गर्न निवेदन माग गरिएको छ । कोरोना कहरले अहिलेसम्म पशुपतिनाथ मन्दिर बन्द छ ।

    नियमित आम्दानी घटेर दैनिक खर्च सञ्चालन गर्न समस्या परिरहेका बेला सत्तारुढ दलका कार्यकर्ता भर्ती अभियान अघि बढेको हो । मन्त्रालयबाट जुनसुकै हालतमा कर्मचारी भर्ना गर्न दबाब दिए पनि कोषका पदाधिकारी भने विपक्षमा छन् ।

    उनीहरूले त्यसको विरोध गर्दै आएका छन् । कोषले खरिदारदेखि शाखा अधिकृतसम्मको पदमा नियुक्त गर्ने गरी दरखास्त आह्वान गरेको छ । भर्ती हुनेको निवेदन पढ्दा उनीहरू सबै पार्टीका कार्यकर्ता हुन् भन्ने प्रस्ट हुन्छ ।

    किनभने यदि कोषमा काम गर्ने अवसर पाएमा कोषको नियममा रहेर सेवा गर्नेछु भन्नेबाहृेक अधिकांशको निवेदन फरक छैन । पशुपति विकास कोषमा कर्मचारी नियुक्ति र भर्नाका लागि कर्मचारी नियमावलीको मस्यौदा लोकसेवा आयोगमा पुगिसकेको छ । आयोगबाट स्वीकृत भएर आउनुअघि रातारात पार्टीका कार्यकर्ता भर्ना अभियान थालिएको हो ।

    pasupatikaam.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, माघ ३ २०७७०६:५९:१२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend