काठमाडौं– कोरोना भाइरस महामारीका कारण रोकिएको नेपाल–भारत हवाई उडान सुरु गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेश भट्टराई र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच आज छलफल भएको छ।
सिहंदरबारमा भएको छलफलमा भट्टराई र राजदूत क्वात्रा चाँडै दुई देशबीच हवाई उडान सुरु गर्ने सहमति भएको हो। भेटमा मन्त्री योगेश भट्टराईले भैरहवाका साथै नेपालगन्ज र महेन्द्रनगर नाकाबाट पनि चाँडै उडान अनुमति दिन भारतसँग आग्रह गरेको बताइएको छ ।
भट्टराई र क्वात्राबीच पशुपति, लुम्बिनी र जनकपुरलाई पनि विशेष धार्मिक तथा सांस्कृतिक गन्तव्यका रुपमा विकास गर्नेबारे पनि छलफल भएको थियो।
रामायण सर्किटको अवधारणालाई छिट्टै कार्यान्वयनमा ल्याउन पनि दुवै देश सकारात्मक रहेको प्रतिवद्धता व्यक्त गरिएको छ। राजदूत क्वात्राले कोरोनाका कारण प्रभावित बनेको पर्यटन क्षेत्रलाई उकास्न भारत सरकारले उल्लेख्य सहयोग गर्ने प्रतिवद्धतासमेत जनाएका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।