अमेरिकाको राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी संसदका दुवै सदनको संयुक्त वैठकलाई सम्बोधन गरेका छन्।
बिहिबार राति सिनेट र प्रतिनिधिसभाका दुवै सदनको संयुक्त वैठकलाई सम्बोधन गर्दै मोदीले जनताको सेवामै प्रजातन्त्रको अर्थ हुने जानकारी दिएका छन्।
अमेरिका र भारतबीचको सम्बन्धको चर्चा गर्दै उनले भारत अब छिट्टै विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने घोषणा गरेका हुन्।
अमेरिका भारतको महत्वपूर्ण रक्षा साझेदार बनेको भन्दै मोदीले आतंकवाद विरुद्धको लडाईमा कुनै सम्झौता नहुने जानकारी दिएका छन् ।
भारत अघि बढ्दा विश्व नै अघि बढ्ने भन्दै रुस युक्रेन युद्धले विश्वलाई नै पीडा दिएको बताए। रुस–युक्रेन युद्धबाट मोदीले यो भन्दा बढी टिप्पणी भने गर्न चाहनु भएन ।
चीन र पाकिस्तानप्रति सीधा टिप्पणी नगरे पनि मोदीले हिन्द प्रशान्त क्षेत्रमा टकरावको कालो बादल मडारिन थालेको बताउनुभयो । मोदीले वैठकलाई सम्बोधन गरिरहँदा संसद तालीले गुञ्जायमान भएको थियो । दर्शकदीर्घाबाट “मोदी मोदी” भन्दै प्रशंसा गरिएको थियो। - एजेन्सी
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।