आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

अदालतकाे आदेश नमान्ने, बरु जुनसुकै सजाय भाेग्न तयार रहेकाे बालेनको घोषणा

अदालतकाे आदेश नमान्ने, बरु जुनसुकै सजाय भाेग्न तयार रहेकाे बालेनको घोषणा

  • मिडिया डबली
  • बिहिवार, आषाढ ७ २०८०

  • 3.1K
    SHARES

  • अदालतकाे आदेश नमान्ने, बरु जुनसुकै सजाय भाेग्न तयार रहेकाे बालेनको घोषणा

    काठमाडौं - काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह बालेनले अदालतले हिन्दी फिल्म प्रदर्शनमा रोक नलगाउन दिएको आदेश नमान्ने चेतावनी दिएका छन् ।

    उच्च अदालत पाटनले बिहीबार कुनै पनि हिन्दी फिल्म नरोक्न अन्तरिम आदेश जारी गरेलगत्तै बालेनले सामाजिक सञ्जालमार्फत आफू जुनसुकै सजाय भोग्न तयार रहेको, तर हिन्दी फिल्म चल्न नदिने घोषणा गरेका हुन् ।

    अदालतले हिन्दी फिल्मकाे विषयमा छलफल गर्न असार १२ गते दुवै पक्षलाई बाेलाएकाे छ । बालेनले लेखेका छन्, ‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ, म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन ।

    फिल्म लेखकले नेपाल भारतको अधिनमा थियो भनिसकेपछि उनीहरुको नियत थाहा हुन्छ । यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नु र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधीनमा थियो, अदालत र सरकार भारतको गुलाम भएको बुझिन्छ ।

    यसका लागि जुनसुकै सजाय भोग्न तयार छु, तर फिल्म चल्दैन र चल्न दिइनेछैन ।’ बालेनको यो चुनौतीसँगै अब उनको अदालतसँग सिधा टक्कर चल्ने भएको छ । यदि अदालतको आदेश अवहेलना भएमा उनीमाथि अवहेलना मुद्दा पनि लाग्न सक्छ ।

    यसअघि शैक्षिक मेला गर्न बालेनले रोक लगाएकोमा उच्च अदालतले मेला नरोक्न आदेश दिइसकेको छ। एकपछि अर्काे आफ्नाे निर्णयमा अदालत बाधक बन्ने देखेपछि बालेन क्रुद्ध बनेका हुन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, जेठ ४ २०७९०४:२३:३८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend