अमेरिकाको राजकीय भ्रमणमा रहनु भएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकी राष्ट्रपति जो बाइडेनलाई भेट्न ह्वाइट हाउस पुगेका छन्।
राष्ट्रपति बाइडेन र प्रथम महिला जिल बाइडेनले मोदीलाई ह्वाइटहाउसमा भय स्वागत गरेका हुन्। बाइडेन र मोदीबस्च हिबीबार ह्वाइटहाउसमा दुई पक्षीय वार्ताको कार्यक्रम रहेको छ ।
मोदीको स्वागतमा सवै कूटनीति प्रोटोकल खुला गरेको अमेरिकाले भारतसँगको बिहीबारको वार्तालाई शिखर सम्मेलन भनेको छ । रक्षा र अत्याधुनिक प्रविधिको क्षेत्रमा केन्द्रीत हुने वार्ताले आगामी दशकका लागि रणनीतिक रोडम्याप तयार पार्ने विश्लेषण गरिएको छ ।
रक्षा र प्रविधि बाहेक विकास र ब्यापारमा साझेदारी पनि वार्ताको अर्को महत्वपूर्ण पक्ष हुने छ ।
हिन्द–प्रशान्त क्षेत्रमा चीनलाई टक्कर दिन भारतलाई साथ लिने रणनीतिमा रहेको अमेरिकाले आफ्ना बहुराष्ट्रिय कम्पनीहरुलाई चीनबाट भारततर्फ सार्दै आएको छ ।
राष्ट्रपति बाइडेन र प्रथम महिला जिलले बिहीबार साँझ मोदीको सम्मानमा रात्रिभोज आयोजना गर्दैछन् । रात्रीभोजमा राजनीति, आर्थिक र रक्षा क्षेत्रका उच्च पदस्थ व्यक्तिहरूलाई आमन्त्रण गरिएको जनाइएको छ । मोदीले शुक्रबार अमेरिकी संसदका दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ । - एजेन्सी
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।