भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिका भ्रमण बुधबारदेखि सुरु भएको छ ।
भारतीय सञ्चार माध्यमका अनुसार तीन दिने यो भ्रमणलाई दुबै देशले मोदीको ऐतिहासिक र अमेरिकाको पहिलो राजकीय भ्रमण भनेका छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेनको निमन्त्रणामा मोदी बुधबार बिहान न्युयोर्क पुगेका छन् । भ्रमणको पहिलो दिन बुधबार मोदीले राष्ट्रसंघीय भवनमा नवौं विश्व योग दिवस कार्यक्रममा सहभागी हुनु हुने छ ।
राष्ट्रसंघीय महासचिवसहित विश्वभरका कूटनीतिज्ञहरुका साथ योग कार्यक्रममा उहाँ सहभागी हुनु हुने छ । मोदीकै प्रस्तावमा राष्ट्रसंघले विश्व योग दिवस सुरु गरेको हो ।
प्रधानमन्त्री मोदीले बिहीबार ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ भने बिहीबार नै मोदीले अमेरिकी संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
अमेरिका बसाइका क्रममा मोदीले एक दर्जन बढी चर्चित कम्पनीका प्रमुख कार्यकारीहरु तथा ब्यापारीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको छ ।
टेस्लाका मालिक एलन मस्क, अन्तरीक्ष बैज्ञानिक नील डीग्रास टाइसन, नोबेल पुरस्कार विजेता अर्थशास्त्री पल रोमर पनि मोदीको भेटघाटको सूचिमा रहेका छन् । मोदी जुन २४ तारिख स्वदेश फर्कने कार्यक्रम रहेको समाचारमा उल्लेख छ । -एजेन्सी
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।