काठमाडौं - पछिल्लो समय प्रतिनिधिसभा सदस्य सुमना श्रेष्ठ चर्चामा छिन् ।
संसद् बैठकमा विभिन्न विषयलाई गम्भीरतापूर्वक उठाउने, सार्वजनिक सरोकारका विषयमा संकल्प प्रस्ताव दर्ता गराउने गरेकाले राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद श्रेष्ठको चर्चा भएको हो ।
उनी रास्वपाकी केन्द्रीय सदस्यसमेत हुन् । केही समयअघि संसद् बैठकमा सम्बोधन गर्नेक्रममा उनले सांसदको ड्रेसकोडको व्यापक विरोध गरेकी थिइन् ।
उनले सांसदहरूलाई ड्रेसकोड आवश्यक नपर्ने बताउँदै आएकी छन् । यो विषयमा पक्ष र विपक्षमा बहससमेत चलेको छ । उनै सांसद श्रेष्ठ मिनीस्कर्ट लगाएर संसदीय समितिको बैठकमा पुगेकी छन्।
बुधबार बिहान बसेको प्रतिनिधिसभाअन्तर्गत शिक्षा तथा स्वाथ्य समितिको बैठकमा सहभागी हुन जाँदा उनी मिनीस्कर्ट लगाएरै पुगेकी थिइन्।
समिति बैठकमा सहभागी सबै सांसदहरुले औपचारिक पोसाक लगाएका थिए। तर सुमना मिनीस्कर्ट लगाएर पुगेपछि वरिपरिका सांसदले मुखमुख गरेका थिए ।
प्रतिनिधिसभा नियमावलीमा संसद र समितिका सदस्यहरूले बैठकमा सहभागी हुँदा मर्यादित पोसाक लगाउनुपर्ने उल्लेख छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।