आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक बिशेष

वामदेव गौतम प्रचण्डतिर, रामकुमारी झाँक्री एमालेतिर

वामदेव गौतम प्रचण्डतिर, रामकुमारी झाँक्री एमालेतिर

  • मिडिया डबली
  • बुधवार, जेठ ३१ २०८०

  • 5.3K
    SHARES

  • वामदेव गौतम प्रचण्डतिर, रामकुमारी झाँक्री एमालेतिर

    काठमाडौं - नेपालका कम्युनिस्ट पार्टीका नेताहरू यतिबेला निकै संकटमा छन् ।

    गैरकम्युनिस्ट युवा नेताहरूको उदयसँगै अहिले आफूलाई राजनेता ठान्ने, ठूल्ठूला कुरा गर्ने, चर्का भाषण गर्ने वामपन्थी नेताहरूमा छटपटी सुरु भएको छ ।

    अब आउने साढे चार वर्षपछिको निर्वाचनमा आफ्नो अस्तित्व बचाउन उनीहरू अहिलेदेखि नै दलबदलमा लाग्न थालेका छन् । कोही समाजवादी मोर्चा बनाएर जनमत आफ्नो पक्षमा पार्ने रणनीतिमा जुटेका छन् ।

    बालेन्द्र साह (बालेन), हर्कराज साम्पाङ राई, रवि लामिछाने जस्ता युवा नेताले लोकप्रियता पाउँदै गएपछि बुढा कम्युनिस्ट नेतामा छटपटी सुरु भएको हो । सोही कारण अहिले उनीहरू सबै विचार र आदर्श त्यागेर एकजुट हुन लागेका छन् ।

    प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार दाङ पुगेर चाँडै समाजवादी मोर्चा बन्ने र त्यसपछि नेकपा गठन हुने घोषणा गरे ।

    समाजवादी मोर्चामा माधवकुमार नेपाल, उपेन्द्र यादव, वामदेव गौतम, नेत्रविक्रम चन्द विप्लवलगायतलाई समेटेर समाजवादी मोर्चा बनाउने उनले घोषणा गरेका छन् ।

    केही दिनअघि मात्र वामदेव गौतमले एमाले अध्यक्ष केपी ओलीले फोन गरेर बोलाए आफू एमालेमा जाने बताएका थिए । एमालेले ७० वर्षे उमेरहद निलम्बन गरेसँगै वामदेव पार्टीमा फर्किने ओलीको भनाइ थियो ।

    तर प्रचण्डले वामदेवको नामै लिएर समाजवादी मोर्चा बन्ने बताएपछि अब वामदेव कता जालान् भन्ने चासो सुरु भएको छ । केही दिनअघिसम्म वामदेव पनि एमालेमा फर्किने र उनीसँगै बलराम बास्कोटा, केशवलाल श्रेष्ठ पनि एमाले प्रवेश गर्ने चर्चा थियो ।

    माधव नेपालहरू प्रचण्डसँग लागेर समाजवादी मोर्चा बनाउन जुटेपछि एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाँक्री भने एमाले प्रवेश गर्ने चर्चा सुरु भएको छ ।

    पार्टी अध्यक्ष माधव नेपालसँग पानी बाराबारको अवस्थामा रहेकी झाँक्री अहिले पार्टीमा सक्रिय छैनन् । मंसिरको निर्वाचन हारेसँगै उनी निष्क्रिय बसेकी छन् ।

    अहिले उनीसँग धेरै एमाले नेताहरू सम्पर्कमा रहेको र निकट भविष्यमै एमाले जाने बताइन्छ । तर झाँक्रीले यस्ता हल्लामा कुनै सत्यता नभएको बताउने गरेकी छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, माघ २८ २०७७०२:३५:०९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend