अष्ट्रेलियाको न्यु साउथ वेल्समा विवाहको बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने दूर्घटनामा २५ जना घाइते भएका छन् ।
अन्तर्राष्ट्रिस सञ्चार माध्यमका अनुसार न्यु साउथ वेल्स राज्यको हन्टर भ्यालीको वाइनकाउन्टीको विवाह समारोहमा गएर फर्किरहेको बस सडकमा पल्टेर दुर्घटना भएको हो ।
बसमा सवार केही भने सकुशल रहेका छन् । बस दुर्घटना हुने बित्तिकै हेलिकप्टर मार्फत उद्धार गरी घाइतेहरुलाई अस्पताल लगिएको थियो । घाइते मध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ ।
५८ बर्षिय बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बसको ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ । - एजेन्सी
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।