काठमाडौं - पाकिस्तान भ्रमणमा रहेको अष्ट्रेलिया दोस्रो एक दिवसीय क्रिकेट खेलमा घरेलु टोली पाकिस्तानसँग ६ विकेटले पराजित भएको छ ।
लाहोरमा बिहीबार राति जित निकालेसँगै पाकिस्तान तीन एकदिवसीय शृंखलामा १–१ को अवस्थामा पुगेको छ । पहिलो खेलमा अष्ट्रेलियाले पाकिस्तानलाई ८८ रनले हराएको थियो ।
दोस्रो खेलमा अष्ट्रेलियाले दिएको ३४९ रनको लक्ष्य पाकिस्तानले ४९ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । यो पाकिस्तानको अष्ट्रेलियाविरुद्ध कीर्तिमानी जित हो । यति फराकिलो चुनौती पाकिस्तानले अहिलेसम्म पार गरेको थिएन ।
पाकिस्तानका कप्तान बाबर आजमले ११४ रनको शतकीय इनिङ खेले । उनले ८३ बलको सामना गरेका थिए । यस्तै इमाम उल हकले ९७ बलमा १०६ रन बनाएका थिए । तथा फखर जमानले ६७ रनको योगदान गरे ।
अष्ट्रेलियाका एडम जाम्पाले २ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५० ओभरमा ८ विकेट गुमाएर ३४८ रन बनाएको थियो ।
अष्ट्रेलियाका बेन म्याकडेरमोटले सर्बाधिक १०४ रन बनाए । यस्तै टार्भिस हेडले ८६ रन जोड्दा मार्नुसले ५९ रन बनाए । पाकिस्तानका शाहिन शाह अफ्रिदीले ४ तथा मोहमद वासिमले २ विकेट लिए । तेस्रो खेल शनिबार हुनेछ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।