काठमाडौं- यशोदा फुड्स प्रा.लींद्वारा उत्पादीत करेन्ट चाउचाउले नेपालको प्रतिष्ठित वाइवाइ चाउचाउको ट्रेडमार्क नक्कल गरि वाइवाइ जस्तै देखिने गरि उपभोक्तालाई झुक्याउने काम गरेको छ ।
यसबाट यशोदा फुड्सले कानूनको प्रत्यक्ष उल्लंघन मात्रै गरेको छैन, उपभोक्ताको अधिकार समेत हनन गरेको छ ।
वाइवाइ नेपालको सर्वाधिक लोक प्रिय चाउचाउ हो । अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड कायमगरि चौधरी ग्रुपद्वारा उत्पादीत
वाइवाइ नेपालका साथै विश्वभर छरिएका नेपालीको विगत चार दशकदेखि पहिलो रोजाईमा रहदै आएको छ ।
यसरी गुणस्तर र स्वादमा अन्तर्राष्ट्रिय ख्याती कमाएको वाइवाइको लोक प्रियताको दुरूपयोग गर्ने नियतका साथ वाइवाइ जस्तै देखिने गरि र्यापर प्रयोग गरेर उपभोक्ताको अधिकार माथि प्रत्यक्ष प्रहार गरिएको छ । करेन्ट चाउचाउले आफुलाई वाइवाइ जस्तै देखाएर उपभोक्तालाई भ्रमितपार्ने काम गरेको हो ।
वाइवाइ जस्तै देखिने र्यापर प्रयोग गरि करेन्ट चाउचाउले ट्रेडमार्क ऐन २०२२ को उल्लंघन र उपभोक्ता अधिकारमाथि प्रत्यक्ष हनन गरेपछि सीजी फुड्स प्रा.लीले उद्योग विभागमा मुद्धा दायर गरिसकेको छ ।
पेटेन्ट, डिजाईन र ट्रेडमार्क ऐन २०२२ को दफा १६ (२) माकुनै व्यक्तिको नाममादर्ता भएको ट्रेडमार्क अरु कसैले नक्कलगर्न हुदैन भनिएको छ ।
उपभोक्तालाई भ्रममा पार्ने गरि ट्रेडमार्क हुवहु नक्कल गरि प्रयोग गरेमा उक्त ऐनको दफा १९ अनुसार उद्योग विभागको आदेशले कसुरको मात्राअनुसार १ लाख रूपैयाँसम्म जरिवना र सो कसुरसँग सम्वन्धित सबै मालसामान बजारबाट जफतहुने व्यवस्था गरेको छ ।
सीजी फुड्सले यहि कानून अनुसार करेन्ट चाउचाउ माथि कार्वाही हुनु पर्ने माग गरेको छ ।कानून लेयस सम्वन्धी निर्णय गर्ने अधिकारी उद्योगका विभागका महानिर्देशकलाई तोकेको छ ।
विभागसम्वद्ध अधिकारीहरूका अनुसार सीजी फुड्ले २०७९ साउनमा विभागमा दर्ता गरिएको मुद्धालामो समयदेखि विचाराधिन अवस्थामा छ जसका कारण उपभोक्ताको अधिकार हनन भएको छ भने विश्वमै स्थापित उपभोक्ताको सर्वप्रिय ब्राण्ड वाइवाइमाथिअन्यायभएको छ ।
ठूला र स्थापित ब्राण्डका उत्पादन प्रति उपभोक्ताको विश्वास हुन्छ । उक्त विश्वास आर्जन गर्न कम्पनीले लामो सयम र ठूलो वित्तिय लगानी गरेका हुन्छन् ।
त्यसको दुरूपयोग गरेर नाफाकमाउने धुनमा डुब्लिकेटको बिगबिगी बढिरहेको छ । यस्तो प्रवृत्तिले स्थापित ब्राण्डलाई भने ठूलो नोक्सानी पुर्याउछ ।
स्थापित ब्राण्डको नक्कल गर्नेहरुको केहीदिनमै उपभोक्तालाई भ्रममा पारेर मुनाफा कमाउने र वास्तविकता खुलेपछि उत्पादन बन्द गरिदिने प्रवृत्ती देखिएको छ ।
पछिल्लो समयमा नेपाली बजारमा पनि स्थापित भइसकेका ब्राण्डको दुरुस्त हुने गरी ट्रेडमार्कको नक्कल गर्ने प्रवृत्ती मौलाउदै गएको छ ।
स्थापित वस्तुहरुको ट्रेडकार्म हुबहु प्रयोग गर्ने र प्याकेजिंङ उस्तै देखिने गरि गरेर कमलागतमा धेरै मुनाफाआर्जन गर्ने प्रवृत्ती बढेको छ ।
यस्तो प्रवृत्तीलाई बौद्धिक सम्पत्ती संरक्षणका विज्ञहरूलेअर्काको बौद्धिक सम्पत्ति दुरुपयोग गरेर खान पल्केको समूहका रुपमा टिप्पणी गर्दै आएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।