आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

राजावादी राजेन्द्र लिङ्देन भाषण गर्ने, रास्वपाका सांसद ताली ठोक्ने

राजावादी राजेन्द्र लिङ्देन भाषण गर्ने, रास्वपाका सांसद ताली ठोक्ने

  • मिडिया डबली
  • आइतवार, जेठ २१ २०८०

  • 4.4K
    SHARES

  • राजावादी राजेन्द्र लिङ्देन भाषण गर्ने, रास्वपाका सांसद ताली ठोक्ने

    काठमाडौं - एमाले, रास्वपा र राप्रपा सांसदहरूको निरन्तरको नाराबाजीका कारण प्रतिनिधिसभा बैठक चल्न सकेको छैन ।

    आइतबार बिहान ११ बजेदेखि बैठक बस्नुपर्नेमा ढिलो गरी सुरु भएको थियो । तर बैठक सुरु हुनेवित्तिकै प्रमुख प्रतिपक्षी दल एमालेसहित रास्वपा र राप्रपाका सांसदहरूले नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा दिएको अभिव्यक्तिको विरोध गर्दै नाराबाजी गर्न थालेका थिए ।

    जसकारण एक घन्टाका लागि स्थगित प्रतिनिधिसभा बैठक अझै सुरु हुन सकेको छैन । आइतबार प्रतिनिधिसभा बैठकमा अनौठो दृश्य देखियो ।

    राजावादी राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन भाषण गर्ने, रास्वपा सांसदहरू ताली ठोक्ने । लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतको नयाँ संसद् भवनमा राखिएको भारतको नक्शामा समावेश गरिएको नेपाली भूमिबारे संसदको रोष्टममा आएर जवाफ नदिएसम्म संसद बैठक चल्न नदिने भनेपछि रास्वपा सांसदहरूले ताली ठोकेका थिए ।

    उनले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गरेकोमा आपत्ति जनाउँदै त्यसलाई तत्काल संसदमा ल्याएर प्रक्रिया अघि बढाउन पनि सरकारसँग माग गरे। ‘अहिले पछिल्लो दिनमा जुन प्रक्रियाबाट र त्यो पनि जुन समयमा नागरिकता विधेयक प्रमाणिकरण गरियो।

    त्यसको राष्ट्रिय प्रजातन्त्र पार्टी घोर विरोध र भत्सर्ना गर्दछ। हामी दोहोर्याएर भन्न चाहन्छौं– चाँडोभन्दा चाँडो यसलाई प्रक्रियामा ल्याउनु पर्यो। यही संसदबाट यसलाई अगाडि बढाउनु पर्यो। यसमा कुनै प्रकारको ढिलाई नगरियोस्। र, यो जुन गल्ती गरिएको छ। यसलाई सच्याइयोस्,’ राजावादी लिङ्देनले यसो भन्दा रास्वपाका सांसद उत्साही देखिन्थे ।

    राजावादीको भाषणमा आफूलाई परिवतर्नकारी शक्ति मान्ने रास्वपा सांसदको हर्कत देखेर प्रतिनिधिसभाको माहोल रमाइलो बनेको थियो ।

    आइतबारको बैठकमा रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले बोलेका थिए । उनले अब आफ्नो पार्टी टुलुटुलु हेरेर बस्न नसक्ने चेतावनी दिए । रास्वपाका सभापति रवि लामिछाने भने मुम्बईमा छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख १६ २०७९०२:५०:३५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend