आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

बालकृष्ण खाँणको पक्षमा बार अध्यक्षदेखि पूर्वमहान्यायाधिवक्ताले बहस गर्ने

बालकृष्ण खाँणको पक्षमा बार अध्यक्षदेखि पूर्वमहान्यायाधिवक्ताले बहस गर्ने

  • मिडिया डबली
  • आइतवार, जेठ २१ २०८०

  • 7.3K
    SHARES

  • बालकृष्ण खाँणको पक्षमा बार अध्यक्षदेखि पूर्वमहान्यायाधिवक्ताले बहस गर्ने

    काठमाडौं - नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १८ जनाको बयान सकिएको छ ।

    आइतबारबाट जिल्ला अदालत काठमाडौंमा अभियुक्तविरुद्धको थुनछेक बहस सुरु हुँदै छ । ‘हाइप्रोफाइल’ अभियुक्तको पक्षबाट पूर्वमहान्यायाधिवक्तादेखि नेपाल बार एसोसिएसनका अध्यक्षसम्म बहसमा उत्रिने भएका छन् । पूर्वगृहमन्त्री बालकृष्ण खाणको पक्षमा बहसको नेतृत्व पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खातीले गर्दै छन् । खाण गृहमन्त्री हुँदा खाती सरकारका महान्यायाधिवक्ता थिए ।

    उनको पक्षमा बारका अध्यक्ष गोपालकृष्ण घिमिरे र पूर्वअध्यक्ष शेरबहादुर केसी पनि बहसमा उत्रिँदै छन् । त्यसबाहेक महादेवप्रसाद यादव, योगेन्द्र अधिकारी, प्रेमबहादुर खड्कासहित १८ जना अधिवक्ता उनको पक्षबाट बहसमा सहभागी हुँदै छन् ।

    पूर्व महान्यायाधिवक्ता खातीले बहस गर्न चाहने अधिवक्ताको संख्या धेरै भएको बताएका छन् । तर, सबै अधिवक्ता बहसमा उत्रिन सम्भव नभएको उनको भनाइ छ ।

    पूर्वगृहमन्त्री खाणले सचिव टेकनारायण पाण्डे, नरेन्द्र केसी, टोपबहादुर रायमाझी, शमशेर मियाँ र आङटावा शेर्पाबाहेक कसैलाई नचिन्ने अदालतमा बयान दिएका छन् । थुनछेक बहस सकिएपछि पुर्पक्षका लागि कारागार पठाउने कि धरौटीमा रिहा गर्ने भन्ने अदालतले निर्णय गर्नेछ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, श्रावण १५ २०७८०९:५६:५०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend