आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

नबिलले पार गर्‍यो ३८औँ बसन्त, ३८ नयाँ शाखा थपिए

नबिलले पार गर्‍यो ३८औँ बसन्त, ३८ नयाँ शाखा थपिए

  • मिडिया डबली
  • बिहिवार, जेठ १८ २०८०

  • 2.7K
    SHARES

  • नबिलले पार गर्‍यो ३८औँ बसन्त, ३८ नयाँ शाखा थपिए

    काठमाडौँ- नबिल बैंक लिमिटेडले एकसाथ ३८ नयाँ शाखा सञ्चालनमा ल्याएको छ। स्थापनाको ३८ वर्ष पार गरेको बैंकले बिहीबार केन्द्रीय स्तरमा एक विशेष कार्यक्रम गरी देशैभरका ३८ नयाँ शाखाको उद्‍घाटन गरिएको हो।

    ‘नबिल बैंक अब तपाईसँग अझै नजिक’ भन्ने नाराका साथ सरल र सबल बैंकिङ सेवा प्रदान गर्न सातै प्रदेशमा एकैसाथ ३८ नयाँ शाखा विस्तार गरिएको बैंकले जनाएको छ।

    ३८ नयाँ शाखामध्ये सबैभन्दा बढी बागमती प्रदेशमा १३ वटा नयाँ शाखा सञ्‍चालनमा ल्याइएको छ। त्यस्तै कोशी प्रदेशमा एक, मधेश प्रदेशमा आठ, गण्डकी प्रदेशमा तीन, लुम्बिनी प्रदेशमा १०, कर्णाली प्रदेशमा एक र सुदूरपश्‍चिम प्रदेशमा दुई वटा नयाँ शाखा सञ्चालनको लागि उद्‍घाटन गरिएको हो।

    नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले आठ वटा र बैंकका संचालक निर्वाण चौधरीले आठ वटा शाखाहरु उद्घाटन गरिएको हो।

    त्यस्तै गरी बैंकका संचालक आशा राणा अधिकारीले थप आठ वटा र बैंक संचालक अनन्त पौड्याल र प्रविन टिबडेवालाले थप ७/७ वटा शाखाको उद्घाटन गरेका हुन्।

    डिजिटल उद्घाटन कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्यहरू, बैंकका उच्चपदस्थ अधिकारीहरू र बैंकका कर्मचारीहरूको उपस्थिति रहेको थियो।

    ३८ नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयको संख्या २५५ पुगेको छ। उद्घाटन गरिएका शाखा कार्यालयहरू देहायबमोजिम रहेका हुँदा सेवाग्राही तथा ग्राहकहरूले आफूलाई पायक पर्ने शाखा कार्यालयमा सम्पर्क गरी नबिल बैंकको सरल र सवल सुविधा लिन आग्रह गरिएको छ।

     

    यी हुन् नयाँ शाखा

    दिक्‍तेल, खोटाङ

    वीरगंज बाइपास पर्सा

    गरुडा, रौतहट

    कलैया, बारा

    गौशाला, महोत्तरी

    बरथहवा, सर्लाही

    लालबन्दी, सर्लाही

    कञ्चनपुर, सप्तरी

    जलेश्‍वर, महोत्तरी

    प्रयागपोखरी, ललितपुर

    नरेफाँट, काठमाडौं

    चापागाउँ, ललितपुर

    भेडासिंह, काठमाडौं

    लाजिम्पाट, काठमाडौं

    वनस्थली, काठमाडौं

    मच्छेगाँउ, काठमाडौं

    धादिङ बेसी, धादिङ

    फर्पिङ, काठमाडौं

    बल्‍खु, काठमाडौं

    नैकाप, काठमाडौं

    बौद्ध रामहिटी, काठमाडौं

    ठिमी, भक्तपुर

    गल्कोट बाग्लुङ

    आबु खैरेनी, तनहुँ

    अर्चलबोट, कास्की

    लुम्बिनी, रुपन्देही

    तौलिहवा, कपिलवस्तु

    रामग्राम, नवलपरासी पश्चिम

    गुलरिया, बर्दिया

    फर्साटिकर, रुपन्देही

    बाणगंगा, कपिलवस्तु

     

    तम्घास, गुल्मी

    सुखानगर, रुपन्देही

    भानुभक्त चोक, न्युरोड

    बाँके नारायणपुर, दाङ

    चन्दननाथ, जुम्ला

    बोराडाँडी,कैलाली

    अमरगडी, डडेल्धुरा

    विगत ३८ वर्षदेखि ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको नबिल बैंकको नयाँ शाखाहरूले ग्राहकहरूलाई पूर्ण रूपमा अत्याधुनिक बैंकिङ सेवाहरू प्रदान गर्ने अपेक्षा राखिएको छ।

    मुलुककै अग्रणी बैंक मध्येको एक नबिल बैंकले समाज र विभिन्न वर्गका बैंकिङ आवश्यकताहरू पूरा गर्नका निम्ति देशका विभिन्न क्षेत्रहरूमा आफ्नो शाखाहरू निरन्तर विस्तार गरेको बैंकले जनाएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, बैशाख ६ २०७९१०:१३:१८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend