काठमाडौं - राष्ट्रपतिबाट आममाफी पाएपछि पूर्वसांसद रेशम चौधरी सोमबार बिहान रिहा भएका छन् ।
गणतन्त्र दिवसको दिन बिहान सबेरै जन्मकैद भुक्तान गरिरहेका चौधरी डिल्लीबजार कारागारबाट बाहिर निस्केका हुन् ।
कारागार बाहिर उनकी श्रीमती रञ्जिता श्रेष्ठ, नागरिक उन्मुक्ति पार्टीकी नेतृ एलिजा गौतम, नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए ।
२०७२ भदौ ७ गतेको टीकापुर घटनामा दोषी ठहर भएका रेशमलाई मात्रै माफी दिइएको छ । अन्य पाँचजना अहिले पनि कारागारमा छन्, बाँकी २९ जना फरार छन् ।
टीकापुरको नरसंहारमा दोषी ठहर भएपछि रेशम जन्मकैद भुक्तान गरिरहेका थिए । डिल्लीबजारबाट निस्केपछि उनी मन्त्री तथा पत्नी श्रेष्ठको साथमा पुल्चोकस्थित मन्त्री क्वार्टर गएका थिए ।
मन्त्रीको सुरक्षामा खटाइएका सैनिकका साथ सवारीसाधनमा झण्डा हल्लाउँदै रेशम मन्त्री क्वार्टर छिरेका हुन् । अब उनी श्रीमतीका साथमा मन्त्रीक्वार्टरमै बस्नेछन् । जहाँ सैनिक र प्रहरीले सुरक्षा दिनेछन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।