आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

रेशम चौधरीलाई छाड्न सरकारले मन्त्रिपरिषदबाटै यस्तो गर्‍यो

रेशम चौधरीलाई छाड्न सरकारले मन्त्रिपरिषदबाटै यस्तो गर्‍यो

  • मिडिया डबली
  • सोमवार, चैत्र १६ २०७७

  • 6.5K
    SHARES

  • रेशम चौधरीलाई छाड्न सरकारले मन्त्रिपरिषदबाटै यस्तो गर्‍यो

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले टीकापुर हत्याकाण्डमा दोषी ठहर भई जेलमा रहेका रेशम चौधरीलाई रिहाइ गर्ने लगायत थारु संघर्ष समितिका माग सम्बोधन गर्न गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा ३ सदस्यीय वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।

    सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर सरकारले वार्ता टोली गठन गरेको जानकारी दिए ।

    वार्ता टोलीमा प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई र पूर्व सांसद भगवती चौधरी सदस्य रहेका छन् । यसअघि समेत प्रधानमन्त्री ओलीले जेलमा रहेका सांसद चौधरीलाई छाड्न र सत्ता सहकार्य गर्न जनता समाजवादी पार्टी (जसपा) सँग पटक–पटक वार्ता गरिसकेका छन् ।

    थारु समुदायले उठाएका १९ बुँदे माग सम्बोधन गर्न वार्ता टोली गठन गरिएको र सोमबारबाटै थारु कल्याणकारिणी सभासँग वार्ता सुरू हुने गुरुङले बताएका छन् ।

    गृहमन्त्री थापाले केही दिनअघि माइतीघर मण्डलामै गएर थारुका माग पूरा गर्ने आश्वासन दिएका थिए । रेशम चौधरीको रिहाइ लगायत माग गर्दै थारु कल्याणकारिणी सभाले आन्दोलन गरिरहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend