आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

महेश बस्नेतमार्फत रेशम चौधरीलाई बालुवाटारको यस्तो सन्देश

महेश बस्नेतमार्फत रेशम चौधरीलाई बालुवाटारको यस्तो सन्देश

  • मिडिया डबली
  • शुक्रवार, चैत्र १३ २०७७

  • 7.5K
    SHARES

  • महेश बस्नेतमार्फत रेशम चौधरीलाई बालुवाटारको यस्तो सन्देश

    काठमाडौं - गृहमन्त्री रामबहादुर थापा बादलले बिहीबार माइतीघर मण्डला पुगेर थारु अगुवाको धर्नामा चौधरीलाई रिहाइ गर्ने संकेत गरेका थिए । त्यसको भोलिपल्टै एमाले नेताद महेश बस्नेत डिल्लीबजार कारागार पुगेर रेशम चौधरीलाई भेटेका छन् ।

    प्रधानमन्त्री केपी ओलीले जसपाको समर्थन जुटाउने प्रयास गरिरहेका बेला बस्नेतले चौधरीलाई भेटेका हुन् । बस्नेतले रिहाइका लागि सरकार सकारात्मक रहेको सन्देश चौधरीलाई दिएको स्रोतको दाबी छ ।

    आफ्नो कुर्सी जोगाउन प्रधानमन्त्री ओलीले टीकापुर हत्याकाण्डका मुख्य दोषी रेशम चौधरी छुटाउन अनेक प्रपञ्च गरिरहेको छ । २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको नरसंहारमा एक नाबालकसहित आठजनाले ज्यान गुमाएका थिए ।

    ज्यान गुमाउनेमा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित सात सुरक्षाकर्मी थिए । ओलीले त्यसबेला न्यौपानेको घरमा गएर दोषीलाई कारबाही गरेरै छाड्ने प्रतिबद्धता जनाएका थिए ।

    तर आज अदालतले टीकापुर हत्याकाण्डका दोषी जो अहिले जेलमा सजाय काटिरहेका छन्, तिनलाई छुटाउन ओली नै कस्सिएर लागेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend