शुक्रवार, आश्विन २३ २०८३Oct 09 2026

Logo
images images
आजको बिशेष

राष्ट्रपति पौडेलले फिर्ता गरिदिए रेशम चौधरीको आममाफीको फाइल

राष्ट्रपति पौडेलले फिर्ता गरिदिए रेशम चौधरीको आममाफीको फाइल

  • मिडिया डबली
  • शुक्रवार, जेठ १२ २०८०

  • 6.8K
    SHARES

  • राष्ट्रपति पौडेलले फिर्ता गरिदिए रेशम चौधरीको आममाफीको फाइल

    काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले टीकापुर हत्याकाण्डका मुख्य योजनाकार रेशम चौधरीलाई आममाफीका लागि पठाइएको फाइल गृह मन्त्रालयमै फिर्ता पठाई दिएका छन्।

    शुक्रबार उनले सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएका चौधरीलाई आममाफीका लागि सरकारले पठाएको फाइल गृह मन्त्रालयमा फिर्ता पठाई दिएका हुन्।

    ‘रेशम चौधरीको आममाफीका सम्बन्धमा प्रचलित कानुन, रेशम चौधरीको मुद्दासम्बन्धी सर्वाेच्च अदालतको फैसला, सर्वाेच्चद्वारा प्रतिपादित सिद्धान्तविपरीत नहुने गरी कानुन बमोजिम गर्न’ भनेर राष्ट्रपति कार्यालयले गृह मन्त्रालयमा फाइल फिर्ता गरेको शीतलनिवासले जानकारी दिएको छ।

    राष्ट्रपति पौडेलले टीकापुर नरसंहारमा हत्या भएका प्रहरी निरीक्षक (इन्स्पेक्टर) केशव बोहराकी पत्नी शारदा बोहराले शीतल निवासमा शुक्रबार नै दर्ता गराएको निवेदन पनि गृह मन्त्रालयमा पठाई दिएको रास्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले बताएका छन्।

    प्रचण्डले राष्ट्रपति पौडेलको काँधमा रेशम चौधरी नामको राजनीतिक बम पड्काउन खोजेको भन्दै नेपाली कांग्रेसका नेता कार्यकर्ता असन्तुष्ट बनेका थिए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, बैशाख ४ २०७९१०:२०:३४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend