आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक बिशेष

नेतृत्व छनोट प्रक्रियाबाट अलग हुने निर्णय गरेका रामचन्द्र पौडेल कसरि भए केन्द्रीय सदस्य मनोनीत ?

नेतृत्व छनोट प्रक्रियाबाट अलग हुने निर्णय गरेका रामचन्द्र पौडेल कसरि भए केन्द्रीय सदस्य मनोनीत ?

  • मिडिया डबली
  • आइतवार, पौष १८ २०७८

  • 5.4K
    SHARES

  • नेतृत्व छनोट प्रक्रियाबाट अलग हुने निर्णय गरेका रामचन्द्र पौडेल कसरि भए केन्द्रीय सदस्य मनोनीत ?

    काठमाडौं - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल केन्द्रीय सदस्यमा मनोनीत भएसँगै उनीमाथि पार्टीकै नेताहरूले प्रश्न उठाएका छन् ।

    पार्टीको १४औं महाधिवेशनका बेला नेतृत्व छनोट प्रक्रियाबाट अलग हुने निर्णय गरेका थिए । जसकारण उनी चौतर्फी आलोचनाको सिकार भए ।

    कतिसम्म भने उनी महाधिवेशन उदघाटनपछि मतदानमा पनि सहभागी भएनन् । कसैलाई मत पनि मागेनन् । उनले प्रेस नोट जारी गर्दै राजनीतिबाट विश्राम लिने घोषणा नै गरे । तर, जब महाधिवेशन सकियो, तब उनले राजनीतिक विश्राम नलिएको भन्दै आफू सक्रिय हुने घोषणा नै गरे ।

    उनले अहिले आफू निकटलाई सभापतिमा उम्मेदवार बन्न शेखर कोइराला, प्रकाशमान सिंहलगायतले असहयोग गरेकाले आफू निष्क्रिय बसेको बताउन थालेका छन् । शनिबार कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको विधानअनुसार पौडेलसहित १० जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरे ।

    नौजनामाथि कसैले प्रश्न उठाएका छैनन् । तर, पौडेलमाथि भने उनी निकट नेतादेखि विश्लेषकहरूले समेत प्रश्न उठाएका छन् । नेता गुरुराज घिमिरेले राजनीतिमा नैतिकताको प्रश्न उठाउने उहाँ नै हैन भन्दै आलोचना गरेका छन् ।

    ‘हाम्रा श्रद्धेय नेता रामचन्द्र पौडेलले कांग्रेसको चौधौं महाधिवेशनको नेतृत्व छनोट प्रक्रियाबाट अलग रहने निर्णय गर्नुभो।आज केन्द्रीय सदस्यको मनोनयनमा पर्नु भो । प्रक्रियाबाटै अलग्गिएको व्यक्ति मनोनीत कसरी हुनुभो ? राजनीतिमा नैतिकताको प्रश्न उठाउने उहाँ नै हैन अनि साझा सभापति हुन्छु भन्ने नेताको चयन यही हो ?’ घिमिरेले सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त गरेका छन् ।

    कांग्रेस सभापति देउवाले केन्द्रीय समितिको बैठक बोलाएका छन् । बैठकले राष्ट्रिय सभा निर्वाचनमा कसलाई उम्मेदवार तय गर्ने भन्ने निर्णय गर्नेछ । सोही प्रयोजनका लागि उनले पार्टीका वरिष्ठ १० नेतालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका हुन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, बैशाख १३ २०७९१२:३२:१०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend