आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक बिशेष

कांग्रेस नेता रामचन्द्र पौडेलले ओलीलाई सोधे– सांसदलाई दशैंभत्ता, जनताले उपचार नपाउने, यो के हो ?

कांग्रेस नेता रामचन्द्र पौडेलले ओलीलाई सोधे– सांसदलाई दशैंभत्ता, जनताले उपचार नपाउने, यो के हो ?

  • मिडिया डबली
  • सोमवार, कार्तिक ३ २०७७

  • 7.0K
    SHARES

  • कांग्रेस नेता रामचन्द्र पौडेलले ओलीलाई सोधे– सांसदलाई दशैंभत्ता, जनताले उपचार नपाउने, यो के हो ?

    काठमाडौं - नेपाली कांग्रेसका नेतार रामचन्द्र पौडेलले सांसदलाई दशैंभत्ता, कोरोना लागेका जनतालाई उपचार नगराउने यो के हो मति ? भन्दै प्रधानमन्त्री केपी ओलीलाई प्रश्न गरेका छन् ।

    सरकारले कोरोना संक्रमितले अब उपचार खर्च आफैंले बेहोर्नुपर्ने निर्णय गरेपछि नेता पौडेलले सरकारलाई प्रश्न सोधेका हुन् । उनले कम्युनिस्ट सरकारको विपरीत मति भन्दै आलोचना गरेका छन् ।

    आफन्तलाई राज्यकोषबाट अन्धाधुन्द पैसा बाँड्ने, तर जनतालाई आधारभूत सेवा दिनबाट पन्छिन खोज्ने ? भन्दै नेता पौडेलले आपत्ति जनाएका हुन् ।

    सरकारले प्रतिनिधिसभा र राष्ट्रिय सभा सदस्यलाई दशैंभत्ताबापत ६४ हजार रुपैयाँ बैंक खातामा हालिदिएपछि यसको चौतर्फी आलोचना भइरहेको छ ।

    साथै, कोरोना संक्रमित आफैंले उपचार खर्च बेहोर्नुपर्ने सरकारको निर्णयले त ओली सरकार जनतामा नांगिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, बैशाख १३ २०७९१२:३२:१०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend