आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक बिशेष

रामचन्द्र पौडेलको रिसमा कांग्रेसमा आगो झोस्दै गोविन्दराज जोशी

रामचन्द्र पौडेलको रिसमा कांग्रेसमा आगो झोस्दै गोविन्दराज जोशी

  • मिडिया डबली
  • आइतवार, बैशाख ४ २०७९

  • 8.1K
    SHARES

  • रामचन्द्र पौडेलको रिसमा कांग्रेसमा आगो झोस्दै गोविन्दराज जोशी

    काठमाडौं - कुनै समय नेपाली कांग्रेसको सहमहामन्त्री भइसकेका गोविन्दराज जोशी अहिले एक नेताको रिसमा आफ्नै घरमा आगो झोस्दै छन् ।

    तनहुँका कांग्रेस संस्थापक सचिवसमेत रहेका जोशीले रामचन्द्र पौडेलको रिसमा आफ्नै घरमा आगो झोस्न लागेका हुन् । जसरी पनि तनहुँमा पौडेलको राजनीति सक्न जोशीले एमालेसँग सहकार्य गर्ने भएका छन् ।

    जोशीसँग तनहुँमा करिब पाँच–सात हजार मत रहेको अनुमान गरिन्छ । तर, चुनावमा एमालेसँग तालमेल गरेमा दुई हजारभन्दा बढी नजाने बुझिएको छ ।

    जोशी समूह र एमाले तनहुँबीच चुनावी तालमेल गर्ने गरी चुनावी परिचालन समितिसमेत गठन गरिएको छ। शनिबार जोशी निवास दमौलीमा भएको छलफलबाट आगामी स्थानीय तहको चुनवमा साझा उम्मेद्वार बनाउने सहमति भएको छ।

    जोशी समूहमा चार र एमाले तनहुँका चारजना गरी आठ सदस्यीय ‘चुनाव परिचालन समिति’ गठन गरिएको हो। प्रत्येक पालिकाको प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडाध्यक्ष र सदस्यहरुको साझा उम्मेद्वारी दिने सहमति भएको छ ।

    तनहुँमा कांग्रेस वरिष्ठ नेता पौडेल र जोशीबीच टसल बढेपछि केही समयअघि उनलाई कारवाही गरिएको थियो। नेपाली कांग्रेसमा सबैभन्दा बढी लाभको पद लिनेमा जोशी पनि पर्छन् । उनी पटक पटक कांग्रेसबाट मन्त्रीसमेत भइसकेका छन् ।

    तर, जीवनको उत्तराद्र्धमा आएर उनी कांग्रेसमाथि नै घात गर्न लागिपरेका छन् । जोशी अकूत सम्पत्ति आर्जनमा अख्तियारको निसानामा परेका छन् । तर, उनीविरुद्धको मुद्दाको पेसी पटक पटक सारिँदै आएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, बैशाख १३ २०७९१२:३२:१०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend