आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक बिशेष

नेपाली जनतालाई कोरोनाबाट बचाउन कांग्रेस नेता पौडेलले विदेशीलाई गरे सहयोगको अपिल

नेपाली जनतालाई कोरोनाबाट बचाउन कांग्रेस नेता पौडेलले विदेशीलाई गरे सहयोगको अपिल

  • मिडिया डबली
  • बिहिवार, बैशाख ३० २०७८

  • 3.7K
    SHARES

  • नेपाली जनतालाई कोरोनाबाट बचाउन कांग्रेस नेता पौडेलले विदेशीलाई गरे सहयोगको अपिल

    काठमाडौं - केपी ओली नेतृत्वको सरकार कोरोना भाइरस संक्रमण नियन्त्रण र रोकथाममा असफल भएपछि नेपाली जनता भकाभक अक्सिजन नपाएर मृत्युवरण गरिरहेका छन् । संसदबाट विश्वासको मत प्राप्त नभएपछि प्रधानमन्त्री ओली पदमुक्त भएका छन् । त्यसैले अहिले कामचलाउ सरकार छ ।

    प्रधानमन्त्री ओलीले कोरोना रोकथाममा सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायसँग अपिलसमेत गरेनन् । त्यसैले यसको नेतृत्व नेपाली कांग्रेसले लिएको छ । कांग्रेसले अहिले विभिन्न जिल्लामा रहेका आफ्नो पार्टी कार्यालयलाई आइसोलेसन वार्ड बनाउन दिइरहेको छ ।

    आजै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले अन्तर्राष्ट्रिय समुदायलाई सहयोगका लागि अपिल गरेका छन् । उनले मानवीयताका नाताले पनि कोरोनाविरुद्धको लडाइँमा सहयोगका लागि विदेशीलाई हारगुहार गरेका हुन् ।

    उनले सामाजिक सञ्जालमा लेखेका छन्– कोरोना संक्रमण तिव्र रुपमा फैलिएको कारण हाम्रो देश नेपालको अवस्था अहिले विकराल बन्दै गएको छ । हामी अहिले आफ्नो स्वास्थ्य संरचनाले धान्न नसक्ने अवस्थामा पुगेका छौ ।

    अक्सिजन र अस्पतालको अभावमा संक्रमितहरुले उपचार नै नपाएर दिनहुँ ज्यान गुमाउनेको संख्या सयौँ पुग्न लागेको छ । यो विकराल अवस्थाबाट नेपाललाई जोगाउनका लागि म हाम्रा मित्र राष्ट्र, विदेशस्थित नेपाली नियोगहरु, नेपालमा रहेका विदेशी नियोगहरु, दातृ निकायहरु, गैरआवासीय नेपाली संघ, नेपाली जनसम्पर्क समितिहरु, सहयोगी भावना भएका मित्रहरु तथा नागरिकहरुलाई हार्दिक अपिल गर्दछु ।

    नेपालमा अहिले देखिएको कोरोनाको संकट देशले आफ्नै बल बुताले पार पाउने अवस्था नदेखिएकाले नेपाली जनताको जीवन रक्षाका लागि मानवियताका आधारमा नेपालीलाई सहयोग गर्नका लागि म हार्दिक अपिल गर्दछु ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, बैशाख १३ २०७९१२:३२:१०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend