आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

पुँजीवादी र साम्यवादीहरु उपभोक्तावादी भइसके : वरिष्ठ नेता पौडेल

पुँजीवादी र साम्यवादीहरु उपभोक्तावादी भइसके : वरिष्ठ नेता पौडेल

  • मिडिया डबली
  • शनिवार, आषाढ ६ २०७७

  • 5.9K
    SHARES

  • पुँजीवादी र साम्यवादीहरु उपभोक्तावादी भइसके : वरिष्ठ नेता पौडेल

    काठमाडौँ- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विश्वभरका पुँजीवादी र साम्यावादीहरुले जनताप्रतिको दायित्व पूरा गर्न नसकी उपभोक्तावाद तर्फ उन्मुख भएको बताएका छन् ।

    पुँजीवादी र साम्यवादीहरु उपभोक्तवादमा लागेकाले नेपाली कांग्रेसले अबलम्बन गरेको प्रजातान्त्रीक समाजवाद जनता प्रतिको दायित्प पूरा गर्ने मध्यमार्गी बाटो हुने बताए ।

    सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले आयोजना गरेको लोकतान्त्रीक समाजवाद र सुदुरपश्चिम प्रदेश विषयक अर्चुअल अन्तरक्रिया कार्यक्रममा वरिष्ठ नेता पौडेलले पुँजीवादीहरु जनतापप्रतिको दायित्व राज्यसंग नहुने मान्यता राख्ने भएकाले कोरोना महामारीका बेलामा जनता प्रतिको दायित्व पूरा गर्न नसकेको बताए ।

    पौडेलले साम्यवादीहरु पनि अहिले वजारीकरण र उपभोक्तावाद तर्फ लागेको बताए । उनले पूँजीवादी मुलुकहरु व्यक्ती पूँजीवादी बन्ने तर साम्यवादीहरु राज्य पूजीवादी बन्ने बाटोमा लागेको बताए ।

    साम्यवाद रुस तथा पूर्वी युरोपबाट धेरै अगाडि अन्त्य भइसकेको तर अहिले साम्यवादका नाममा राज गरिरहेका मुलुक राज्यलाई पुँजीवादी बनाउन लागेको बताए  । पौडेलले गाँउको विकास, गाँउको उन्नती, गाँउमा नै जनतालाई रोजगारी अनि गाँउमा नै जनतालाई आम्दानीको बाटो पहिल्याउनु नै समाजवाद भएको बताए ।

    वरिष्ठ नेता पौडेलले नेपालमा श्रमको सम्मान हुन नसक्दा नेपालीहरु विदेशिनुपरेको बताए । उनले नेपाली कांग्रेसले पनि हलो क्रान्ति, मजदुर आन्दोलन बेलाको श्रमलाई सम्मान गर्ने संस्कृति जोगाउन नसकेको पनि बताए ।

    पौडेलले श्रमलाई सम्मान गर्ने संस्कृतिको विकास गर्न नसकेसम्म विदेशीने र सहरमा जनसंख्याको चाप बढ्ने अनि गाँउ रित्तो हुने अवस्थाको अन्त्य नहुने बताए ।

    पौडेलले महाकाली सन्धीको कार्यान्वयन नहुदा सुदुरपश्चिमको हुनुपर्ने जति विकास हुन नसकेको बताए । उनले महाकाली सन्धीका बारेमा प्रश्न उठेको प्रति पनि पौडेलले महाकाली सन्धीमा कुनै राष्ट्रघात नभएको स्पष्ट पारे । उनले महाकाली सन्धीमा महाकाली नदिलाई अधिकांश सीमा भनेर राष्ट्रघाट भएको भन्नेहरुलाई महाकालीलाई सीमा नदिन मात्र भन्दा चाँदनी दोधारा कुन मुलुकमा पर्दछन् भनि प्रश्न गरे ।

    पौडेले लकडाउन खुकुलो हुन थालेकाले पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका तत्काल परिमार्जन गरेर महाधिवेशनको काम अगाडि बढाउनुपर्ने बताए । उनले १४ औं महाधिवेशन गरेर पार्टीमा व्यापक सुधार गर्न आवश्यक रहेको भन्दै पार्टीमा भिजन र मिसन सहितको नेतृत्वका आधारमा संचालन गर्नुपर्ने बताए ।  

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend