आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images
राजनीतिक बिशेष

शरणार्थी प्रकरणले कांग्रेस थचक्क, नेताहरू दुईतिर

शरणार्थी प्रकरणले कांग्रेस थचक्क, नेताहरू दुईतिर

  • मिडिया डबली
  • बुधवार, जेठ ३ २०८०

  • 4.8K
    SHARES

  • शरणार्थी प्रकरणले कांग्रेस थचक्क, नेताहरू दुईतिर

    काठमाडौं - भुटानी शरणार्थी प्रकरणमा केन्द्रीय सदस्य बालकृष्ण खाँण, उनकी श्रीमती मञ्जु खाँण र पूर्वसभासद् आङटावा शेर्पा मुछिएपछि नेपाली कांग्रेसमा निकै ठूलो समस्या देखिएको छ । खाँण पक्राउ परेका छन् ।

    गिरोहका बिचौलियाले नाम पोलेपछि मञ्जु भूमिगत छिन् । शेर्पाले आत्मसमर्पण गरेका छन् । लहरो तान्दा पहरो थर्किने अवस्था आएपछि कांग्रेसमा ठूलो संकट आइपरेको हो ।

    यद्यपि कांग्रेसले औपचारिक रूपमा केही बोलेको छैन । पार्टी सभापति शेरबहादुर देउवा मौन छन् । उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङले पनि केही बोलेका छैनन् ।

    महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले भने बोलेका छन् । दुवैले पार्टीको बैठकमा समेत यो प्रकरणले पार्टी संगठनमा क्षति पुगेको भन्दै आरोपित नेताहरू आफैं स्वेच्छापूर्वक जिम्मेवारीबाट अलग हुनुपर्ने धारणा राखेका छन् ।

    महामन्त्री थापाले मंगलबार विज्ञप्ति नै जारी गरेर यो नै पार्टीको संस्थागत धारणा रहेको जिकिर गरेका छन् । खासगरी खाँणलाई पार्टीबाट निलम्बन गर्ने कि नगर्ने भन्नेमा पार्टीभित्र प्रस्ट रूपमा दुई धार देखिएको छ।

    पार्टी सभापति देउवासहितका नेता अनुसन्धानका लागि प्रहरीले कुनै पनि नेतालाई गिरफ्तार गर्नेबित्तिकै निलम्बन गर्न नहुने पक्षमा छन्।

    तर महामन्त्री थापासहित नेताहरू आरोप लागेपछि अनुसन्धान चल्दासम्म आरोपित स्वयं पार्टीको जिम्मेवारीबाट अलग हुनुपर्ने वा पार्टीले अलग गराउनुपर्ने पक्षमा देखिएका छन्।

    कांग्रेस प्रवक्ता प्रकाशशरण महतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीले अनुसन्धान र छानबिन प्रक्रियामा प्रहरीलाई पूर्ण रूपमा सघाइरहेको बताएका छन्।

    अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका महतले पार्टी नेता खाण नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेपछि पहिलोपटक पत्रकारसँग भेटेका हुन्।

    कांग्रेस दोषी उम्कन नहुने र निर्दोष फस्न नहुने पक्षमा रहेको बताउँदै महतले भुटानी शरणार्थी प्रकरणमा ‘मिडिया ट्रायल’ भएको पनि गुनासो गरे। कांग्रेसमा अहिलेसम्म चुनावी समीक्षा हुन सकेको छैन ।

    केन्द्रीय समितिको बैठक बोलाइएको छैन । पार्टीका भ्रातृसंगठनलाई पूर्णता दिने विषयमा गृहकार्य भइरहेका बेला शरणार्थी प्रकरणमा प्रभावशाली नेता नै मुछिएपछि कांग्रेस थचक्क बस्नुपर्ने अवस्थामा पुगेको छ ।

    त्यसमाथि केही असन्तुष्ट युवा नेताहरुले कांग्रेस रुपान्तरण अभियान सुरु गरेका छन् । यसले गर्दा कांग्रेस सुधारको अभियान अघि बढ्ने अझै सम्भावना देखिएको छैन ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend