आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
नक्कली भुटानी शरणार्थी प्रकरण

हिरासतमा रहेका श्रीमान् नभेटी मञ्जु खाँण अस्ट्रेलिया पुगिन्

हिरासतमा रहेका श्रीमान् नभेटी मञ्जु खाँण अस्ट्रेलिया पुगिन्

  • मिडिया डबली
  • आइतवार, बैशाख ३१ २०८०

  • 11.6K
    SHARES

  • हिरासतमा रहेका श्रीमान् नभेटी मञ्जु खाँण अस्ट्रेलिया पुगिन्

    काठमाडौं - राजनीति कतिसम्म निर्मम हुँदो रहेछ भन्ने कुरा कांग्रेस नेता बालकृष्ण खाँण र उनकी श्रीमती मञ्जु खाँणको सम्बन्धले पुष्टि गरेको छ ।

    सँगै बाँच्ने सँगै मर्ने भनेर बिहे गरेका श्रीमान् श्रीमती एकलाई दुःख पर्दा अर्को फरार भएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको भन्दै गिरोहका सदस्यले नाम पोलेपछि मञ्जु तनावमा थिइन् ।

    तर श्रीमान् बालकृष्ण खाँणलाई प्रहरीले पक्राउ गरेर लगेपछि मोबाइल स्विच्ड अफ गरेकी मञ्जु अहिले विदेश पुगेकी छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा खाँणलाई प्रहरीले वैशाख २७ गते पक्राउ परेको थियो ।

    त्यसयता बेपत्ता बनेकी मञ्जु सिड्नी पुगेको स्रोतले बताएको छ । अस्ट्रेलियामा रहेका एक नेपाली पत्रकारका अनुसार उनी भारतको बाटो हुँदै अस्ट्रेलिया पुगेकी हुन् ।

    तीन दिनअघि नै अस्ट्रेलिया पुगेकी उनी छोरासँगै रहेको बुझिएको छ । स्रोतका अनुसार मञ्जु भारतको नयाँ दिल्ली हुँदै अस्ट्रेलियास्थित सिड्नी विमानस्थल ओर्लिएकी हुन्।

    श्रीमान् पक्राउ परेर प्रहरी हिरासतमा पुगेको पाँच दिन बितिसक्दा पनि सम्पर्कमा नआएपछि मञ्जुको सोधीखोजी भइरहेको छ ।

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी श्रीमती आरजु देउवाले शनिबार राति हिमालय टिभीमा दिएको अन्तर्वार्तामा मञ्जुबारे आफू अनभिज्ञ रहेको बताएकी थिइन् । मञ्जु कांग्रेसको सांसद पनि हुन् । संसद् बैठकमा १० दिन लगातार अनुपस्थित भएमा पद स्वतः जाने अवस्था छ ।

    प्रहरीले अहिलेसम्म मञ्जुको बारेमा केही जानकारी गराएको छैन । नक्कली शरणार्थी प्रकरणसँग सम्बन्धित विषयमा मञ्जु र आरजु राणाको अडियो बाहिरिएको थियो।

    आरजुले उक्त अडियो ‘फेक’ भएको दाबी गर्दै नेपाली प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी छन्। मञ्जु भने आफूमाथि लागेको आरोपबारे केही नबोली विदेश पुगेकी हुन् ।

    नक्कली भुटानी शरणार्थी प्रकरणमा हालसम्म पूर्वगृहमन्त्री बालकृष्ण खाणलगायतका १२ जना पक्राउ परेका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, श्रावण १५ २०७८०९:५६:५०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend